अर्जुन पराजुलीमास्टरलाई गाली गर
पख, अझै बाँकी छ मैले भन्न मेरा कुरा सुनिसकेर मात्रै मलाई गाली गर्न थाल ! महोदय । तिमीले अब - मास्टरले कलम समाउन सिकाएको तिम्रो हात पनि काटेर फाल !!

अर्जुन पराजुली :
मास्टरलाई गाली गर्यौ
ठीक छ गर ! थपेर गर !
तर, अबदेखि –
तिमी बिरामी भयौ भने डाक्टरकहाँ नजानू
मास्टरले पढाएको डाक्टरकहाँ पनि के जानु !
कखग र एबीसी नलेख्नू
मास्टरले लेख्न सिकाएका अक्षर पनि के लेख्नु !
कम्युटर, मोवाइल, मोटरसाइकल, गाडी नचलाउनू
मास्टरले पढाएका मान्छेले बनाएको सामान पनि के चलाउनु !
नचढ्नू प्लेन
मास्टरले पढाएका मान्छेले उडाएको प्लेन के चढ्नु !
आजसम्म तिमीले लिएका सर्टिफिकेट
भेला गर्नू र लगाइदिनू आगो
मास्टर बनेका सर्टिफिकेट किन राख्नू !
पख, अझै बाँकी छ मैले भन्न
मेरा कुरा सुनिसकेर मात्रै मलाई गाली गर्न थाल !
महोदय ! तिमीले अब –
मास्टरले कलम समाउन सिकाएको तिम्रो हात पनि काटेर फाल !!
०००
कीर्तिपुर ।
Subscribe
Login
0 Comments
Oldest








































