साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाने हो ?!

हिंड सुन्दरी, जाऊँ ! आजको रात तिमीहरूको बाध्यतासँग खेलूँ भोलि बिहानै देशको अस्मितासँग खेल्न सिंहदरवार जाने हो, बालुवाटार जाने हो ! हिंड, यो सहमति गोप्य भयो, लैजाऊ जहाँ लैजाने हो !!

Nepal Telecom ad

हेमन्त गिरी :

अघि भर्खर मात्र
२३ नम्बरको माइक्रोबसको
खलासीले सोध्यो- दाइ जाने हो ?!
म किन जान्छु र त्यो मूलासँग
बेपर्वाह बालाजुतिर ?!
मलाई त
सिंहदरवार घुम्नुछ
बालुवाटारमा बात मार्नुछ
नयाँबानेश्वरमा नजारा हेर्नुछ
शीतल निवासमा सुस्ताउनुछ !
किन फेरि उत्तिबेलै
१४ नम्बरको टेम्पोको खलासीले सोध्दैछ-
दाइ जाने हो ?
म किन जान्छु र त्यो झ्याँससँग
लखरलखर लगनखेलतिर ?!
म त गाउँबाट निस्किने बेला
हर्के-बिर्खेले ‘कहाँ जाने हो’ भनी सोध्दा
छाती फुलाएर अदबसित
‘देश बनाउन राजधानी जाने हो’ भनी हिंडेको मान्छे,
गोडाफाट-सतर्कका परेडहरू खेल्दै
लोकतन्त्र र स्वतन्त्रताको दुहाई दिँदै
कहिले दाइ, कहिले बा र कहिले कमरेड कहलिंदै
घर, समाज र सँगीसाथीबाट छुट्टिएको मान्छे !
म पनि त चढूँला नि करोडौंको गाडी
मैले पनि त ठड्याउँला नि दरबार जत्रो घर
भर्खर त ल्याएको छु घोंडा चढ्ने गणतन्त्र
बल्लतल्ल त रमाएको छु
हजारौं राजा जन्माउने संघीयतामा !
मर्न तयार मूर्खहरूको कमी नभएको देशमा
मार्न तयार दुष्टहरूको जगजगी भएको देशमा
म पनि त आएको छु गाउँबाट झोलामा बोकेर
एक पोका गुन्द्रुक, एक बट्टा घिउ
थोरै सुकाको साग र अलिकति मूलाका चाना !!
यो मूला सहर
म मूलालाई मूल्य मात्र सुनाइरहन्छ
‘जाने हो’ भनी बोलाइरहन्छ !
म पनि त छिरूँला नि मन्त्री क्वाटर
चप्पल पड्काउँदै
अनि निस्कूँला झण्डा हल्लाउँदै !
म पनि त बनूँला नि मूर्खहरूको महाराजा
अनि हाँकूला देशलाई मैमत्त भै !!
फेरि किन जिस्काउँदैछ
नीलो माइब्रोबसको खलाँसीले
‘रात परिसक्यो, जाने हो’ भन्दै ?!
म किन जान्छु र गौशाला र धर्मशालाहरूमा
सम्भावनाको लेश

भावनाको देश नै नभएको नेपाली झैं !!
उ.. परबाट
सुन्दरीहरू आउँदैछन् मतिरै
भविष्यको ठुलो मानिस हो भन्ने जानेरै !
भन्दैछन् उनीहरूले पनि ‘जाने हो’ ?
जम्मा पाँच सय त हो,
आज उनीहरूकै प्रस्ताव मान्ने हो !!
नीति, सिद्धान्त, वाद र आदर्श
तिमीहरु झोला भित्रै बस !
लाज पचाउने सिकाइको पहिलो रात हो यो
म कहाँ अलग छु र अरुभन्दा
आफू नग्न हिंडेर अरुलाई कुरीकुरी भन्नेको जमात हो यो !
हिंड सुन्दरी, जाऊँ !
आजको रात
तिमीहरूको बाध्यतासँग खेलूँ
भोलि बिहानै
देशको अस्मितासँग खेल्न
सिंहदरवार जाने हो, बालुवाटार जाने हो !
हिंड,
यो सहमति गोप्य भयो, लैजाऊ जहाँ लैजाने हो !!

०००
जापान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x