साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज तोक लाग्दै छ

कस्तो जमाना आएछ कुन्नि जताततै तोक आदेशको विज्ञापन हुन थालेको छ खबरदार हेलचक्रयाईंको तोकभन्दा नजिकको शत्रु अर्को हुन सक्तैन ।

Nepal Telecom ad

वियाेगी बुढाथाेकी :

ढोकामा
अनुमति विना प्रवेश निषेध टाँसिएको छ
पुछारमा गोप्य बठक गाँसिएको छ
कसको छाक खोसिने हो कुन्नि
कसको गाँस बढ्‌ने हो कुन्नि
ढोकाबाहिर

परिचित – अपरिचित आँखाहरू अन्यौलको बीउ समातेर
जिज्ञासाको रोपाई गर्दै छन्
आज तोक लाग्दै छ ।

यतिखेर
पालैपालो म अनुहारका स्वरहरू पढ्दै छु
पहिलो – मेरो सरुवा भन्सारमा होस्
दोश्रो – मेरो जागिरको थमौती होस्
तेश्रो – फैसला मेरो चाहनाअनुरूप होस्
चौथो – प्रमाण पत्र र योग्यताको कदर होस्
पाँचौ – परिश्रम विना कोही नअघाओस्
छैठौं – मेरो हातमा योजना परोस्
सातौं – जसको जोत उसको पोत होस्
आठौं – जेल सजायको अवधि नतोकियोस्
कस्तो आश्चर्य !
पृथक् अनुहारको माग पढ्दा पढ्‌दै
तोकलाई पनि भोक लाग्दो रहेछ ।

तोक कहाँ चल्दैन
विनातोक संसार चल्दा पनि चल्दैन ।

तोकभन्दा प्रबल अस्त्र अर्को हुनै सक्तैन
तोकलाई कसैले जित्न पनि सक्तैन
मैले तोकलाई
उज्यालोको अर्थमा
सूर्यको हाराहारीमा तापेको छु
अँध्यारोको अर्थमा
औंसीको रातसँग डराएको छु
सत्यको कुरा गर्दा
मैले तोकलाई आकारमा सगरमाथा भन्दा ठूलो
प्रकारमा मनको राजा मानेर पुजेको छु ।

कस्तो जमाना आएछ कुन्नि
जताततै तोक आदेशको विज्ञापन हुन थालेको छ
खबरदार
हेलचक्रयाईंको तोकभन्दा नजिकको शत्रु अर्को हुन सक्तैन ।

०००
काठमाडाैं धाइरहेछु (२०४९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x