साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचथरमा तक्मेवुढाको लभ परेपछि

Nepal Telecom ad

चैत २७ ÷ ‘प्रेम गर, प्रेम गर्नु जाति हो, दिउँसो गर्नुभन्दा राती हो राती नै गर किन कि तिम्रो बावु मेरो साथी हो ।’
पछिल्लो पुस्ताका चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तोक्मे बुढा’ ले यस्तै सायरी र हास्य सामग्री पस्केर दर्शकलाई हँसाए ।

चैत्र वैशाखको हावाहुरी र धुलो, निकै साँझ परिसक्दा पनि रोकिएको थिएन फिदिम उच्च माविको खेल मैदानमा दर्शकहरुको हुटिङ र ‘वान्स मोर’ । राईले ‘मखमली पछ्यौरीले सानु’ भन्ने गीतमा नृत्य प्रस्तुत गर्दै जोडे पाँचथरकै केटीसँग पहिलो पटक लभ परेको कुरा त्यो पनि करिव दस वर्ष पहिला अनि त दर्शक दीघावाट ताली र हुटिङको फोहोरा सुरु भइहाल्यो । त्यही गीतमा पाँचथरमा पहिलो नृत्य प्रस्तुत गरेको र सोही नृत्य विश्वका ४० मुलुकमा प्रस्तुत गरेको राई भन्दै थिए ।

टेलिशृङ्खला मेरीबास्सैका कलाकार राईले लामो समयपछि फिदिम आउन पाएको खुसी व्यक्त गरे । मङ्गलबार दिँउसोबाटै सुरु सांस्कृतिक एवं मनोरञ्जनको प्रमुख आकर्षण नै राई थिए । सङ्गीतकार एवं गायक ताराप्रकाश लिम्बूले गाएको ‘बेवी आई लभ यू’ भन्ने गीतमा राईले आफ्नो अन्तिम प्रस्तुतिको रुपमा नृत्य प्रस्तुत गरेका थिए ।

‘कला र साहित्य पाँचथरको पहिचान, लागू पदार्थ दुर्व्यसन विरुद्ध हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा हास्य कलाकार वि वि केरुङले विभिन्न चराचुरुङ्गीको आवाज सहित हास्य प्रस्तुति प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नायिका ऋचासिंह ठकुरी, गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बु, मोडल तथा कोरियोग्राफर ङमा मोक्तान, लिम्बुवान आयडल कञ्चन थलङ, फिदिमे युवा गायक सुजन शंकर लगायतले दर्शकलाई भरपुर मनोञ्जन दिलाएका थिए ।

विगत केही वर्षयता पाँचथर लगायत पूर्वी पहाडी जिल्लाहरूमा कला, साहित्य तथा विभिन्न सामाजिक कार्यमा क्रियाशील हाम्रो थिएटर नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।

आयोजकले उक्त आयोजनाबाट भएको कुल नाफाको ४० प्रतिशत रकम गढि माविका दृष्टिविहीन विद्यार्थीलाई प्रदान गर्ने संस्थाका अध्यक्ष एलवी अञ्जानले बताए ।

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x