साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वामदेवको बठयाइँ

Nepal Telecom ad

चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।
एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।’
‘थाहा छ, थाहा छ’ भीडबाट आवाज आयो ।
‘जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !’ यति भनेर वामदेव गए ।
भोलिपल्ट अर्को ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । ‘वामदेवजीले ‘म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला’ भनेर सोध्दा ‘थाहा छ’ भन्यो भने भाषण गर्दैनन् । सबैले ‘थाहा छैन’ भन्नुपर्छ । मानिसले सल्लाह गरे ।
वामदेव आए । र, भाषण सुरु गरे– ‘आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।’
‘थाहा छैन, थाहा छैन ।’ सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।
‘अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ त ? धन्यवाद !’ वामदेव यति बोलेर हिँडे ।
तेस्रो दिन अर्को ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।
‘थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन् ।’ भीडमा सल्लाह हुन थाल्यो, ‘त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?’
वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।’
‘थाहा छ, थाहा छ’ भीडको आधा हिस्साबाट जवाफ आयो ।
‘थाहा छैन, थाहा छैन’ भीडको अर्को भागले भन्यो ।
वामदेवले एकछिन दायाँ–बायाँ हेरे । र भने, ‘त्यसो भए थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !’

टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x