साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुना हिँडिन् ल्हासा

Nepal Telecom ad

कैयौं ठ्याक्क मिलाउँदै रहरका भाषाहरू भर्खरै,
लत्याएर हिँडेँ तमाम उनका आशाहरू भर्खरै !!

मेरै निम्ती भनेर मात्र पहिले जे जे दिएका थिए,
फिर्ता गर्नु तुरन्त रे खबर भो नासाहरू भर्खरै !!

डाँडाको सुनसानमा हरिणको वस्ती छ भन्ने सुनी,
ठूलो उत्सव झैँ कुनै हिँडीगए ब्वाँसाहरू भर्खरै !!

भो मेरो मुखमा नहेर, कसरी मैले बचाउँ भन,
बिछ्याएर गएँ स्वयं म सब यी पासाहरू भर्खरै !!

ल्याइन्छन् सुनका सफा मदनले बाला भनेकै दिन,
पार्छौं खाग भनी मुना हिँडिगईन ल्हासाहरू भर्खरै !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x