साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नववर्ष आयो

Nepal Telecom ad

मैना चरीले पनि चाल पायो
ढाकेर उद्यान सुगन्ध छायो ।
पहाड छोपेर मुना पलायो
बोकेर आशा नववर्ष आयो ।।

पाक्यो भन्यो काफल कोइलीले
सङ्गीतको ताल दियो नदीले ।
आकाशले स्वागत–गान गायो
लौ, पाहुना भै नववर्ष आयो ।।

बोलाउँदै थ्यो नवपालुवाले
बाटो बनायो जब बालुवाले ।
नरोक यात्रा जब भन्न थाल्यो
नयाँ खुसीले अब पाउ चाल्यो ।।

रोकिन्न यात्रा अब बढ्छ–बढ्छ
यो पाउले पर्वत चढ्छ–चढ्छ ।
थोत्रो पखालेर नयाँ बनायो
उत्साह भर्दै नववर्ष आयो ।।

नयाँ बिहानी अब खोज्नुपर्छ
त्यो लक्ष्य नौलो अब रोज्नुपर्छ ।
यो वर्षले आँट नयाँ दिलायो
विश्वास छर्दै नववर्ष आयो ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x