साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बर्ष खुशीयाली बनेर आउनेछ

Nepal Telecom ad

समयहरुलाई 

आफ्नो पोल्टोभरी कोचेर
नयाँ बर्ष फेरि
मग्मगाउँदैछ
हर नेपालीको
मन आँगनमा।
नयाँ बर्ष,
नव पालुवाको मुना बनेर
पलाउँदैछ
हरेक नेपाली पात्रोभरी
र…..,
उसरी नै सुबासिलो
बास्ना बनेर मग्मगाउँनेछ
हर नेपालीको आँगनभरी।
आउने छैन पक्कै पनि
नयाँ बर्ष रग्ताम्य
साँझ बनेर,
भित्रिने छैन अवश्य पनि
नयाँ बर्ष,
कालो मंडारिएको
बादल बनेर।
हो…,
नयाँ बर्ष
समान भाव लिएर
आउनेछ,
अनि…,
समानताको बिगुल फुकेर
सबैलाई एकताको कसिमा
बाँध्नेछ,
त्यसैले…,
नयाँ बर्ष
हर नेपालीको मुटुको
ढुक्ढुकी बनेर आउनेछ
अझ भनौं…,
यो २०७१ साल
करोडौं नेपालीको
खुशीयाली बनेर आउनेछ!!!
अप्रिल/ १२/ २०१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x