साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

Nepal Telecom ad

आँखाका चिसा सपनाहरूमा
यस पटक पनि छैन प्रतिबिम्ब
नयाँ वर्षको ।

मनको धागो फुस्केर
असरल्ल छन् विश्वासका दानाहरू
फरक छैन काकाकुल तिर्खाका संस्करणहरूमा
उही र उस्तै छ तन्नेरी छोराछोरीमा–
विदेश गमनको प्रतिष्पर्धा
इच्छाहरूलाई अराजक हुनुको अभियोगमा
बन्दीखानामा कैद गरिएको छ
यस्तैमा एउटा अनन्य मित्रले
भिसा लागेको खुसी पोतेर
एसएमएस मार्फत पठाएको छ–
नयाँ वर्षको शुभकामना ।

हरेक साँझ रक्सी छोडेको खुसी
रक्सी नै खाएर सेलिब्रेट गर्ने मेरो साथी जस्तै
यसपालि आउला… आउला अर्को वर्ष त
पर्खदा पर्खदै बगे धेरै वर्षहरू समय नदीमा
हरेकपल्ट फेरिन्छ भित्ताको क्यालेण्डर
फेरिन्न छातीको भित्तामा लागेको घाउ
फेरिन्छ पालुवा रूख बिरूवामा
फेरिन्न थुप्रै दाजुभाइहरूको आवरण
न फेरिन्छ अनेकौं भाउजू दिदीहरूको लाजको पहरेदार ।

र पनि सहरमा हराएको जनप्रतिनिधि
चुनावको चर्चासँगै नमस्कारको भारी बोकेर गाउँ फर्के जस्तो
किन आउँछ कथित नयाँ वर्ष हरेक साल ?

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीज्यू !

सम्धीज्यू !

निमेश निखिल
सम्धीलाई चिठी

सम्धीलाई चिठी

निमेश निखिल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x