सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जूनकीरी

Nepal Telecom ad

म जूनकीरी
मेरो काम रातभरि
अ“ध्यारो विरुद्ध लड्नु हो
अँध्यारा गाउँबस्तीमा पुगी
उज्यालोको गीत गाउनु हो
उज्यालोलाई बिउँझाउनु हो
र दिनभरि उज्यालैले थिचिनु हो !

म जूनकीरी
म पिठ्युँमा जून बोकेर डाँडैडाँडा लम्किन्छु
म उज्यालोको लौैरो टेकेर
तिम्रो ओछ्यानसम्म पोखिन्छु
म आकाशीय शक्ति बोकेको ध्रुवतारा होइन
म धर्तीमा थुप्रिएको मूर्तिवत् ढुङ्गो होइन
तिमी जेसुकै भन मलाई
बस्नुछैन यो कुहिरोको बस्तीमा
मेरो आवाज तिमीले जति थिचे पनि
मेरा पखेटा तिमीले जति काटे पनि
मेरो संसार भन्नु यही उज्यालो हो
मेरा आँखा तिमीले जति फुटाए पनि
यो ब्ल्याक आउटको कालो रातसँग
म निशस्त्र युद्ध लड्दै हुनेछु !

कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’