साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जूनकीरी

Nepal Telecom ad

म जूनकीरी
मेरो काम रातभरि
अ“ध्यारो विरुद्ध लड्नु हो
अँध्यारा गाउँबस्तीमा पुगी
उज्यालोको गीत गाउनु हो
उज्यालोलाई बिउँझाउनु हो
र दिनभरि उज्यालैले थिचिनु हो !

म जूनकीरी
म पिठ्युँमा जून बोकेर डाँडैडाँडा लम्किन्छु
म उज्यालोको लौैरो टेकेर
तिम्रो ओछ्यानसम्म पोखिन्छु
म आकाशीय शक्ति बोकेको ध्रुवतारा होइन
म धर्तीमा थुप्रिएको मूर्तिवत् ढुङ्गो होइन
तिमी जेसुकै भन मलाई
बस्नुछैन यो कुहिरोको बस्तीमा
मेरो आवाज तिमीले जति थिचे पनि
मेरा पखेटा तिमीले जति काटे पनि
मेरो संसार भन्नु यही उज्यालो हो
मेरा आँखा तिमीले जति फुटाए पनि
यो ब्ल्याक आउटको कालो रातसँग
म निशस्त्र युद्ध लड्दै हुनेछु !

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x