साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले भन्छ विकास भा’छैन

Nepal Telecom ad

धेरै मानिसहरू यो देशको विकास भएन भनेर रुने गर्छन् । मलाई लाग्छ तिनीहरूसँग विकास देख्ने आँखै छैनन्, त्यसैले तिनीहरू रुन्छन् । वास्तवमा हेर्दाहेर्दै देश कहाँबाट कहाँ पुगिसक्यो । पत्याउनै मुस्किल पर्नेगरी देशले काँचुली फेरिसक्यो ।

विगत १०–१२ वर्षको छोटो अवधिमै काँग्रेस, एमाले र अरु सयौँ नेता कार्यकर्ताको जीवनमा आएको आमूल परिवर्तन, उनीहरूले राजधानीमा जोडेका आलिशान महल, गाडी लगायत सम्पत्तिले देश विकासको तिव्र गतिलाई प्रमाणित गरेको छैन र ? यता नया“ नेपालमा पनि देश विकासको गति भ्यागुतो उफ्रेजस्तो उफ्रिरहेको छ । एकदशकसम्म हत्केलामा ज्यान राखेर भोकै नाङ्गै ‘जनताको मुक्तिका लागि’ लडेका जनसेनाका कमाण्डरहरू हेर्दाहेर्दै कालो सिसावाल मर्सिडिज र पजेरोहरूमा चढेर पा“चतारे होटलहरूमा रिवन काट्ने, पानसमा बत्ति बाल्ने र साँप्रा बजाउने अवस्थामा पुगिसके । उनीहरूका खुट्टाले रातो कार्पेट मात्रै टेक्न पाउने अवस्थाको विकास भइसक्यो । तिनका झलमल्ल बलेका चिल्ला अनुहार हेरेर अनुमान गर्न सक्नुहुन्न कसरी मुलुकले विकासको गतिमा छलाङ् मारिरहेको छ ? सर्वहारा मजदूरवर्गको नेतृत्व गर्ने थुप्रै नेता कार्यकर्ताहरू मुलुकका उच्च ओहोदामा उपरखुट्टी लगाएर कुर्सीमा घुम्ने भएका छन्, सम्पत्ति जोड्दैछन्, शेयर किन्दैछन्, बै“क खोल्दैछन्, अस्पताल खरिद गर्दैछन् । वास्तवमा देशले आश्चर्यजनक प्रगति गर्दैछ, चमत्कार गर्दैछ, अझै गर्नेछ । हामीले आशावादी हुनैपर्छ ।

देशमा रोजगारीको तिव्र विकास भएको छ । २०५ जना सांसदहरू पालिरहेको देश ६०१ विधायक पाल्न सक्ने भएको छ । सेना र पुलिसका सिमित सङ्ख्यालाई रोजगारी दिइरहेको सरकार अब राजनीतिक दलका हजारौँ सेना र लाखौँ कार्यकर्तालाई जागिर दिन सक्षम भएको छ । सडकमा जो जो जसरी जसरी मरे पनि सहिद मान्न र लाखौँलाख रुपैयाँ ह्वार्ह्वार्ती बा“ड्न देश समर्थ भएको छ । पचासौँ राजनीतिक दल वा हजारौँ समूहहरू जजसले जेजे मागे पनि खुरुखुरु दिनसक्ने भएको छ देश । वास्तवमा देश सम्पन्न भएको छ ।

विकासको गतिसँगै जनताहरू पनि पूरा सभ्य र सुसंस्कृत भएका छन् । जस्तासुकै दुख कष्टमा पनि नेता गणका पोटिला अनुहारमा देश विकास हेरेर चित्त बुझाउने भएका छन् । बाह्रै महिनाको पेट्रोलियमको अभाव, थेग्नै नसकिने महङ्गी, हत्या, हिंसा र असुरक्षा पनि हाँसीहाँसी सहन सक्ने भएका छन् । घामले पिल्सि“दै, पानीले भिज्दै दशौँ घण्टासम्म लाइनमा बसेर जम्माजम्मी दुई लिटर तेल प्राप्त गर्दा पनि उनीहरू खुशीले चारहातमाथि उफ्रिन्छन् । एकदिनको कमाईले जम्मा दुई छाक पाक्ने मट्टितेल आउँछ, तै पनि कुनै मजदूर भात खान नपाएर मरेको छैन । कुनै कामदार मट्टितेलको भाउ घटाउन सडकमा उत्रि“दैन । सहनशीलताको सभ्यतामा यो देश नमूना भएको छ ।

यस्तो देख्तादेख्तै देशको विकास भएन भन्नेहरूप्रति खेद व्यक्त गर्न बाहेक के गर्न सकिन्छ ? धन्य छ श्री पशुपतिनाथद्वारा रक्षित मेरो देश । धन्य छु म यस्तो सुखी सम्पन्न नेताहरूको छत्रछायामा बाँचिरहेको खुशी नागरिक ।

‘ओम स्वाहा’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x