साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूल र फलाम

Nepal Telecom ad

समयको खेल
लाग्छ ऊ फलाम नै भएको छ
ऊसँग अब कुनै मानवता छैन
आगोले पोल्दैन पानीले चिस्याउँदैन उसलाई
ऊ बिना भावनाको मूल्य भएको छ ।

उसले कयौं कोमल भावनाको भ्रुणहत्या गरेको छ,
उसले कति कसमहरू तोड्दै बर्तमानलाई भोगेको छ,
शहीदको आलो रगतमाथि छमछम नाचिरहेको छ,
अहिले ऊ हर्षोल्लासका साथ
फलामको मान्छे बनेको छ ।

हत्याराहरूको तातो गोली खाने सहयोद्धाहरू,
उसको लागि अहिले केवल संझनाका पात्र बनेका छन्,
लुकी–लुकी क्रान्तिकारी कार्यक्रम अगाडि बढाउनेहरू,
आज उसका लागि धमिलो बिम्वको चित्र बनेका छन् ।
सत्तामोहले गर्दा उसले सबै बाचाहरू तोडी सकेको छ,
हातमा चाबुक लिएर कुर्सीमाथि बसिसकेको छ,
चट्टान जस्तै कडा ऊभित्र
अर्को एउटा मान्छे बनेको छ,
त्यसैले पनि आज उसले
आफ्नो मन फलामको बनाएको छ ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x