साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानी आफ्नो छोड्छ को ?

Nepal Telecom ad

आऊ हामी फेरि अर्को झगडा गरौँ
झिकी नयाँनयाँ निहूँ लफडा गरौँ ।

अण्डा फोर्ने सानो/ठूलो कतापट्टि भनी
रगत्पच्छे हुन्जेल नाक रगडा गरौँ ।

दिनपछि रात कि रातपछि दिन भनी
निधो गर्न सुर्की बाँहाँ अखाडा झरौँ ।

जुध्नु साँढे मिच्नु बाछा नयाँ हो कहाँ ?
तिन्कै पौरख–पासिनाले जबडा भरौँ ।

पुख्र्यौली हो झगडा हाम्रो धर्माचार यही
हुन्न छोड्नु बरु झन्झन् तगडा गरौँ ।

छोडी यात्रा गर्दै जात्रा हँसाई दुनियाँ
‘बानी आफ्नो छोड्छ को ?’ भन्दै बखेडा गरौँ ।

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
0
Would love your thoughts, please comment.x
()
x