साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सलाम यो बुद्धिलाई

आएका हुन् इतिहासमा पनि यस्ता धेरै वीरहरू । यत्तिको भने कोही थिएन भ्रुणमै सपना तुहाउने ।।

Nepal Telecom ad

सयलाई हँसाउन करोडलाई रुवाउने ।
मानेँ यो सीप तिमीजस्तैलाई सुहाउने ।।

आफू तारे होटेलमा मन नपरीनपरी हातमुख जोडी ।
जनतालाई अभावैअभावको खीर पुरी खुवाउने ।।

आएका हुन् इतिहासमा पनि यस्ता धेरै वीरहरू ।
यत्तिको भने कोही थिएन भ्रुणमै सपना तुहाउने ।।

गुन्द्रुक भएर के सबै सपना मान्छेले साँचेका ?
कसले भेट्ने तिम्रो कलालाई भावनै कुहाउने ?

हजारका माला, लाखका सवारी, करोडका गाडी ।
सलाम यो बुद्धिलाई रगतमा खेल्ने, आँसुमा नुहाउने ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
0
Would love your thoughts, please comment.x
()
x