साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीएको वकपत्र

थाहा पाईराख्नुस्- पीएलाई मलामी चाहिँदैन चाहिँदैन आँसु पनि यो पनि बुझिराख्नुस्- पीए सिंगो संसार हो पीए मानसिक रोगी कहिल्यै हुन सक्दैन ।

Nepal Telecom ad

म काँटा
चम्चा
डाडु
पन्यु
र कराई-कसौडी
थाल -कचौरा
सबै म

आगो- दाउरा
पानी पनि म

कहिले कैँची
कहिले सावेल पनि म
काट्नु छ
देश
अनि सोहोर्नु छ
मान्छेका जीवनहरू
परी आउँदा म डोजर
फोडिदिनु छ
देशका सपनाहरू

कोठाको ढोका
ढोकाको चुकुल
खाली कागत
कलम
अनि मसी पनि म

यो बाटो अति साँघुरो बनेको छ
म हिंड्दा बाटो किनारा लाग मान्छेहरू

आकाश निकै सानो बनेको छ
म घरीघरी उड्न सक्छु
कुना पस ताराहरू

म पीए
मन्त्रीको या नेताको
नोकर बुझ्नु होला
नोकरको अपमान गर्ने अधिकार कसैलाई छैन

यो ब्रम्हाण्ड
किन सानोसानो बन्दैछ
किन म अटिरहेको छैन
यस भूगोलमा
किनारा लाग नदीका वेगहरू

म व्यापारी चिन्छु
चिन्छु तस्कर र भ्रष्टाचारी
म मान्छे चिन्दिन

भाइ, भतिजा
साला, साली
अनि बाआमा – सासूससुरा
चिन्छु
साथीभाइ चिन्दिन

पीए मान्छे
मान्छे पीए
नबन्दो रहेछ
पीए नियुक्त भएसँगै
म मान्छे रहिन
अब मलाई सडक चाहिएन
चाहिएन संगत पनि

थाहा पाईराख्नुस्-
पीएलाई मलामी चाहिँदैन
चाहिँदैन आँसु पनि
यो पनि बुझिराख्नुस्-
पीए सिंगो संसार हो
पीए मानसिक रोगी कहिल्यै हुन सक्दैन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x