सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिग्रेको मान्छे

पहिलो दिन नेता हुन्छ, दोस्रो दिन सांसद हुन्छ, तेस्रो दिन मन्त्री हुन्छ, चौथो दिन महामन्त्री हुन्छ, त्यसपछिका दिन त अझ जे मन लाग्छ त्यही हुन सक्छन् सप्रेका मान्छेहरू ।

Nepal Telecom ad

समय आफ्नो रफ्तारमा उकालो उक्लिरहेको छ । समयको तालमा नाच्न जान्नेहरू यताउती घुमिरहेका छन्, जिन्दगीलाई चुमिरहेका छन् । पैसा भए- सबै ऐसा-एकोहोरो त्यही बाटोमा दौडिरहेका छन् । हाय, हेलोको अभिवादन ऐसाको बाटो छाडेर ज्ञानगुनका कुरा घोकिरहेकाहरूलाई, जिन्दगीलाई धोकिरहनेहरूलाई । अरुका हुने जति सोहोरेर आफ्नो दुनो भर्ने व्यक्ति मात्र समाजमा सप्रने गर्छ, भविष्यमा फक्रने गर्छ । समयको बिउ रोपेर उमार्न जान्नेहरू, मौकामा चौका हान्नेहरू नै अगाडि पर्दछन्- सबै अवसरहरूमा । सत्यको विजय हुन्छ भन्ने आश बटुलेर असत्यको थिचोमिचोभित्र रुमलिरहनेहरू, जिन्दगीमा घुमिलिनेहरू, आशै-आशका भकारीबाट रित्ता बिस्कुन सुकाउनेहरू । यस्तै-यस्तै थुप्रै मानिसहरूलाई भनिएकै छ, भन्ने गरिएकै छ बिग्रेका मान्छेहरू ।

आजभोलि त ज्ञानगुनका मीठा कुराहरू आदर्शमा मात्र सीमित छन्, व्यवहारिकतामा त सबै थिचिएका छन्, किचिएका छन्, मिचिएका छन् । समयको कसिमा कसिरहेका छन् । पहिलादेखि नै सुन्दै आइरहेका छौँ- “छन् गेडी विश्व मेरी, छैनन् गेडी भोकै मरी । यस्तै-यस्तै प्रचलित उखानहरूले पनि फड्को मारेर शिखर काटिसकेका छन् । सोझो भयो शुद्ध आचरणमा बस्यो कसैले मान्दैन, कसैले पुज्दैन । बाहिर सबै संसारलाई चटक्क बिर्सेर घरको नै कुरा गर्दा पनि, पछि केही गर्छु भन्ने सोचेर लगनशील भएर पढिरहेको छोरोलाई भन्दा यसो यताउता गरेर दुईचार पैसा कमाउने जुन छ, उसैलाई सबैले माया गर्छन् । पैसा कमाउनेहरूसँग घरपरिवारहरूको माय नगद कारोबार हुन्छ तर जुन मिहिनेती हुन्छ, असल काम गर्छ ऊसँग प्रत्येक काम, कुराहरूमा उधारो कारोबार हुन्छ, माया र स्नेहमा छुराको कारोबार हुन्छ । नहोस् पनि कसरी ? समयको तालमा हिँड्न नजान्नेहरू डमरुको तालमा नाच्न नजान्नेहरू, पैसामा बिक्न नमान्नेहरू…..यस्तै भएभरका असतीहरू नै त हुन् बिग्रेका मान्छेहरू ।

अब त मैले साँचो-साँचो भन्द्याछु नि,
सुनेन भन्न कसैले पाइने छैन,
पढेन भन्न कसैले पाइने छैन
उपकारी व्यक्ति होइन,
ठग्ने छल्ने, मार्ने व्यक्ति माथि पुग्छ निरन्तर
फलेको वृक्षको हाँगो सोझिएको कहाँ छ र ?
पढ्ने, बुझ्ने, कर्म गर्ने सबैका दिन टाढा गए
चोर, फटाहा, घुसखोरी नै सबै ठाउँमा माथि भए ।

मेरो कुरा मात्र होइन, हाम्रा कुरा यहाँहरूलाई कस्तो लग्यो कुन्नि ? कुरा जस्तो लागे पनि काम गर्ने सवालमा भने समयअनुसार नै चल्नुपर्छ, सबै ठाउँमा ढल्नुपर्छ, दुलोबाट छिरेर हात्ती बन्नुपर्छ, सामान्य झोला भिरेर यसभित्र बम छ भन्नुपर्छ, दुई दुना चार होइन, दुई दुना चौसठ्ठीका दरले नगदनारायण जम्मा गर्नुपर्दछ अनि बल्ल पो सप्रन्छ मान्छे,, अनि बल्ल पो चम्कन्छ भाग्य । जहाँ गए नि मालामाल भइन्छ क्यारे । दिन त्यस्तैको आउँछ, तिनीहरूकै तालुमा आलुमात्र होइन सुन पनि फल्छ, तिनीहरूलाई देखेपछि लुरेलाङ्ग्रे मात्र होइन, हात्ती पनि तर्सिन्छ, तिनीहरूकै भाग्य दिनमा दुई गुना रातमा दश गुनाको दरले सप्रन्छ । चारैतिर गुणगान तिनीहरूकै फिजिन्छ । ओहो ! फल्ना मान्छे, धनले यति तलाको छतमाथि निवास छ, प्रत्येक रेष्टुराँमा र भाले होटलहरूमा पनि श्रीमतीको दिवार छ, तिनीहरूकै टाउकोमा छोरो उसको भए छोराछोरी समेतकी श्रीमती र छोराछोरी सहितको श्रीमान् फल्छ, । जिन्दगी मोजमस्तीमा तिनीहरूकै चल्छ, उनीहरूकै टाउकामा नै दिनदिनै पदहरूको मात्र होइन महापदहरूको जन्म हुन्छ । पहिलो दिन नेता हुन्छ, दोस्रो दिन सांसद हुन्छ, तेस्रो दिन मन्त्री हुन्छ, चौथो दिन महामन्त्री हुन्छ, त्यसपछिका दिन त अझ जे मन लाग्छ त्यही हुन सक्छन् सप्रेका मान्छेहरू ।

तपाइँहरूलाई चौबीसै आना थाहा हुनुपर्ने हो, हामी बिग्रेका मान्छेहरू जतिसुकै कम्मर कसे पनि, चौबीसै घण्टा अनिँदो बसे पनि कहीँ कतैबाट सप्रदैन भाग्य, सोझो औँलाले घिउ निकाल्न खोज्यो किन निस्किन्थ्यो घिउ, सून्य कसलाई हो पुज्ने ? हामी बिग्रेका आशावादी मान्छेहरू परिश्रमलाई पुज्ने गर्छौं, समयलाई पुज्ने गर्छौं, सप्रेका मान्छेलाई पुजे पो खुशी हुन्थे होला, बुटी दिन्थे होला । आफूहरूको जस्तै भाग्य चम्काउने गोटी । अँहँ, चाहिएन हामीलाई महादेव बल्झाउने बल्छी, घिउ निकाल्नलाई जिउ बङ्ग्याएर सप्रनु छैन, नाम कमाउनलाई नामको विज्ञापन गर्नुपर्दैन किन कि हामी बिग्रेका मान्छेहरू अझै बिग्रन चाहन्छौँ, अझै तल झर्न चाहन्छौँ किनकि सप्रेकाहरूलाई लैजान हामी बिग्रेकाहरू परिश्रमको समुद्र उब्जाउँछौ, विकासले धर्ती उल्ट्याउँछौँ सप्रेकाहरूलाई अझै सपार्न । आउनुहोस् सबै बिग्रेका मान्छेहरू एकजुट बनौँ र यो महान् नयाँ कार्यमा आजैदेखि भर्ना भइहालौँ ।

वालिङ, स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी