साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुख्य अतिथि

“राम राम ! कस्तो सपना देखेछु । अब जिन्दगीमा हुन्न मरे पनि हुन्न ।” “हन् के नहुने ?” “मुख्य अतिथि ।”

Nepal Telecom ad

मुख्य अतिथि चटकमटक परेर बाहिर निस्के। आँगनमा उभिएर गाडी पर्खे । नाडीको घडी हेर्दाहेर्दै बल्ल एउटा सवारी गाडी आयो । तेस्रो सीटमा एउटा जग्गा रहेछ, त्यसमा क्च्याककुचुक भएर बसे । उनको सुट खुम्चियो । टाई घाँटीमा कसिन थाल्यो । उनलाई हुन सम्मको लाज भयो ।

“भाइ ! अलिक छिटो जाउँ, मलाई ढिलो हुँदैछ !”
“कहाँ हुन्छ सर ! रिजर्भ गर्नुपर्यो नि । बरु किन्नु नि हो एउटा गाडी !” उनले केही बोलेनन् । बल्लतल्ल गन्तव्य स्थल पुगे ।

खादामाला लाउनेको भिड थियो । दही अक्षता लिएर कन्याहरू उभिएका थिए । दाँतबाट पसिना निकाल्दै भए पनि पाँच सय हाल्दै गए । सबैको नमस्ते थाप्दै सोफामा बसे । गोजीमा फोनको म्यासेज बज्यो ।सुटुक्क फोन हेरे ।

“तपाईंको दाँत देखाउनु, रातभर रुने होइन, पुन्टेको जुत्ता नभएर बाटोदेखि फर्केर आयो । ऊ आज स्कुल गएन । बेलुकी कराइमा हाल्ने भुटून छैन । चामल पनि बोराको पींधमा पुगेछ । पल्लो घरे दाइ खेतलाको पैसा माग्न आएका थिए । चियापत्ती, चिनी, तपाईंको सुगर प्रेसरको औषधि सकिएको रहेछ । गाईको दाना पनि छैन है ।”

छेउमा भएको पेपरले चस्मा खोलेर आँखा पुछ्दै बिल्ला थापेर एक हजार खसाले ! उनको अनुहारको कान्ति खुम्चिदै गयो । आयोजक समितिका युवाहरू हातमा खादा र एउटा मोटो खाता बोकेर मुख्य अतिथिलाई हेरिरहेका थिए । रंगारंग सांस्कृतिक प्रदर्शनी भैरहेको थियो । उता प़mेरि फोनमा म्यासेज बज्यो । अमिलो मन बनाउँदै उनले हेरे ।

“अघि टीकाटालोदेखि अहिलेसम्म कति गयो ? मलाई लाटी सम्झेको ? म त्यहाँ आउनुपर्ने हो ? यो मैदानको तल्लोछेउको बिल्डिङको माथि बराण्डामा हेर त ? तिम्रो के हो तमासा ? घरमा हालत के छ ?”

श्रीमतीसँग मुख्य अतिथिको आँखा जुध्यो । ऊनी जुरुक्क उठ्दै एउटा भाइलाई सोधे ।
“यहाँ पाइखाना कता छ ?”
“उ त्यो बिल्डिङको माथ्लो तलाको बरण्डामा मान्छे भएको उतापट्टी ।”

मुख्य अतिथिको श्वास बढ्न थाल्यो । झाडा बान्ता एकैचोटि आउला जस्तो भयो । उनले सोफामा बसेर हातपाउ चलाउन थाले ।
“होइन के भयो ? बुबा ? ए बुबा ! होस्मा आउनु त ।”

“राम राम ! कस्तो सपना देखेछु । अब जिन्दगीमा हुन्न मरे पनि हुन्न ।”

“हन् के नहुने ?”
“मुख्य अतिथि ।”

सिक्किम । जुलाई ०१/२०२२ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x