साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो देश कहाँ छ ?

पौरखी तथा बहादुर भनी विश्वले चिनेको सहिष्णु जाति नेपाली बस्ने त्यो देश कहाँ छ ? गुराँस फुलोस् मुनाल डुलोस् मत्लब नराख्ने शक्ति र धन सर्वस्व ठान्ने दुर्भाव जहाँ छ ।

Nepal Telecom ad

प्रकाशमणि दहाल :

१.
हिउँको टोपी बादलु घुम्टो ओढेर शिरमा
सगरबाट सागर हेर्ने त्यो देश कहाँ छ ?
खेत र बारी छोडेर बाँझो विदेश भासिने
सन्तान बेची गुजारा गर्ने चलन जहाँ छ ।

२.
हिमाल पहाड र उपत्यका मैदान नदी ताल
सृष्टिका यावत् अङ्गले युक्त त्यो देश कहाँ छ ?
आपसमा नै हानाहान गरी रगत बगाई
आफन्तको नै भागाभाग पार्ने आदत जहाँ छ ।

३.
अखण्ड राष्ट्र निर्माण गर्ने पृथिवि जन्माउने
शान्तिका दूत बुद्धको धर्ती त्यो देश कहाँ छ ?
सोखका लागि जुधेर साँढे बाछाको मिचाई
पारेर सदा दाउपेच खेल्ने दुुर्बुद्धि जहाँ छ ।

४.
पौरखी तथा बहादुर भनी विश्वले चिनेको
सहिष्णु जाति नेपाली बस्ने त्यो देश कहाँ छ ?
गुराँस फुलोस् मुनाल डुलोस् मत्लब नराख्ने
शक्ति र धन सर्वस्व ठान्ने दुर्भाव जहाँ छ ।

५.
स्वतन्त्र, मुक्त जीवन निम्ति लडाइँ नछोड्ने
सङ्घर्षशील जातिको हाम्रो नेपाल कहाँ छ ?
वर्ष त के भो जुधेरै युगौँ बिताइरहने
छातीमा पत्थर जमेको निर्मम नेतृत्व जहाँ छ ।

०००
जोरपाटी, काठमाडौँ ।
फित्कौली अङ्क १२, २०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x