साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरुहरूको आन्दोलन !

दुईछोरीको बिहे भयो र आआफ्ना घरमै छन् । दुबै छोरीका बोर्डिङ स्कुल छन् । छोराहरू दुइटाले बोडिङ्गमै अध्ययन गर्दैछन् । -मणिकलालले सबै विवरण बताए ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

गुरुहरूको आन्दोलन केका लागि होला ?- नेत्रले अध्यापक मणिकलालसँग बुझ्न खोज्यो ।

हाम्रो आन्दोलन मुख्यतः संवैधानिक शिक्षा आयोगको गठन, माध्यामिक पाठ्यक्रममा समानता र शिक्षामा निजीकरणमा रोक नै हो । साँचै भन्ने हो भने शिक्षकहरूको मानसम्मानसँग जोडिएका मुद्धाहरू कतिपयमा सरकारकै फाइदाका विषयहरू छन् ।- मणिकलालले आन्दोलन गर्नुपर्ने बिषयहरू राखे ।

माग त औधी राम्रो लाग्यो । निजीकरणको त हामी सबैले बिरोध गर्नैपर्छ ।- नेत्रले भन्यो । सर पनि हड्तालमै हुनुहुन्छ ?

किन नहुने हामी सबैको मुद्धा हो र सबैले भाग लिनैपर्छ । -मणिकलालले सटिकमा भने । हजुर खुसी लाग्यो कति वर्ष रहेको छ हजूर त नजिकै होला नि रिटार्यड हुने पनि ? -नेत्रले सोध्यो ।

दुई वर्षको कार्यकाल अझै छ । -मणिकलालले सटिकमै बताए ।

अनि केटाकेटी कति छन् सरका ? मेरा दुई विवाहबाट छ जना छोरा र छोरीहरू छन् ।
दुइटा विदेशमा उच्च डिग्री गर्दैछन् । दुईछोरीको बिहे भयो र आआफ्ना घरमै छन् । दुबै छोरीका बोर्डिङ स्कुल छन् । छोराहरू दुइटाले बोडिङ्गमै अध्ययन गर्दैछन् । -मणिकलालले सबै विवरण बताए ।

अनि सर भने निजीकरणको बिरोधी आन्दोलनमा होमिनु भएको छ हँ सर ?
नेत्रको कुरा मणिकलालले अलिवेरपछि सम्झिए र झसङ्ग भए ।
उनीसँग उत्तर नै थिएन ।

०००
दाङ घोराही- १८
०७ असौज २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x