साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ (काव्यांश- १०)

कोही बात गरून् छ दिक्क मन यो बेकार हल्ला हुने । जम्मै शान्त बसे कडा सकस छन् बन्दो छु आफैँ रुने ॥ आत्मा शान्ति गयो सबै पर भयो रोएर बित्छन् दिन । मेरो चेत अतीव मन्द हुन गो सक्ला र यो फर्किन ?

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

उठ्छन् प्रश्न अनेक उत्तर सही भेट्दैन मेरो मन ।
मात्रै ठान्दछ यो बडो मनुजले आफ्नो स्वयम् जीवन ॥
यौटा सत्य रहन्छ यो भवविषे मान्छन् दुई नै किन ?
यस्ता प्रश्न अनेक छन् दिलविषे को सक्छ साँचो दिन ?७५॥

होचो मानव अग्लिएँ खुद बुझेँ आफैँ धरा मालिक ।
यस्ता द्वैध विचार छन् भवविषे लाग्छन् सही सालिक ॥
ईर्ष्या,दम्भ र लोभ लालच कुनै छैनन् गुणी छन् बरु ।
डस्दैनन् परभावना विरहमा छर्छन् सुशिक्षा अरू ॥७६॥

बेला भो शव बोक् भनेपछि उठेँ छन् अश्रु मन्दाकिनी ।
बोक्दै हिँड्दछु भाव रिक्त छ हियो सोला छ छाती मनि ॥
बाटामा ध्वनि शङ्खको छ गहिरो बन्दै दुई कान छन् ।
घुम्दा पीपल वृक्ष औ वरविषे राख्दा बडा घात छन् ।७७॥

पुग्दा घाट रहेन साहस ममा बोल्ने र हिँड्ने पनि ।
मेरो साहस बग्छ अश्रुजल भै बद्लेर नौलो बनी ॥
बोल्लाझैँ मुख देख्छु छैन ध्वनि क्यै त्यो प्रेरणा पुञ्जमा ।
माया आँट बगी गयो पर भयो त्यो चेतना कुञ्जमा ॥७८॥

बास्ना देहविषे थियो मगमगी श्रीखण्ड औ मञ्जरी ।
यो बेला दिल खुम्चिँदै धुमिल भो चिन्ता बढ्यो बेस्सरी ॥
मान्छेले सरिता किनार जब ती घोचा र घारा लगी ।
पारे ठिक्क चिता ल उठ् जब भने गो चेत टाढा बगी ॥७९॥

बोकी त्यो शव घुम् भने मनुजले बोकेर घुम्दै गएँ ।
लौलौ भो अब पख् भनेपछि सुता भन्थे त्यहीँ झस्किएँ ॥
छातीदर्द थिची चिताउपर नै बाबा सुताएँ तर ।
गर्नै पर्छ ल गर् भनेपछि सबै त्यो गर्न लाग्यो कर ॥८०॥

आफ्नो बोध गुम्यो गयो पर भयो जे गर् भने त्यै गरेँ ।
खेलौना सम लाग्छु यो समयमा चर्को दशामा परेँ ॥
लौलौ यो घृत दीप ली करविषे दे दागबत्ती भने ।
मेरा अङ्ग सबै भए थरथरी उत्पात निम्जा बने ॥८१॥

भन्छन् यो मुखमा ल राख् सब त्यहाँ काँप्दै गरेँ अर्पण ।
त्यो पीडा सब भन्न शब्दभरिमा के हुन्छ खै वणर्न ?
टाढिन्छन् दिलका विचार गुनिला कालो अँधेरो बढी ।
भित्री दर्द बढेर धैर्य पर भो घोच्दो छ पीडा गढी ॥८२॥

आफ्नो को छ यहाँ ? चिनेन मनले दोस्रो बिरानो पनि ।
सारा शून्य भयो चराचर धरा निस्तेज छन् जीवनी ॥
के हो योग्य अयोग्य ? भेद यसको जान्दैन मेरो मन ।
आफ्नै वक्ष पिटेर जोड बलले तड्पन्छ एक्लोपन ॥८३॥

कोही बात गरून् छ दिक्क मन यो बेकार हल्ला हुने ।
जम्मै शान्त बसे कडा सकस छन् बन्दो छु आफैँ रुने ॥
आत्मा शान्ति गयो सबै पर भयो रोएर बित्छन् दिन ।
मेरो चेत अतीव मन्द हुन गो सक्ला र यो फर्किन ? ८४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x