टङ्कराज ढकाल ‘तितेपाती’छोपेर छोपिन्न
यो कालापानी त्यो लिपुलेक बेचेर बेचिन्न फर्काई छाड्छन् देशको माया रोकेर रोकिन्न काम र क्रोध लोभ छ मोह तुलोमा जोखिन्न इर्ष्याको खेती बेश्याको नीति छोपेर छोपिन्न।

टङ्कराज ढकाल तितेपाती :
बिहानीपख उषाको लाली रोकेर रोकिन्न
जति नै लागोस् बादल कालो उज्यालो रोकिन्न
झरी र वर्षा लागे तापनि कर्मठ रोकिन्न
उदाए रवि विद्रोही कवि छोपेर छोपिन्न।१
हराम बनी लुटेर खाऊ विद्रोह रोकिन्न
कुजात खल दलाली बने समय रोकिन्न
तस्कर दले सत्तामा भुले मुलुक जोगिन्न
घाती जो कर्म जति नै गर सत्य यो छोपिन्न।२
रोग र किरा लागेतापनि उब्जनी रोकिन्न
थोरै नै होला अन्न र पात भोक यो रोकिन्न
भोक र प्यास कर्म र कर्ता पैसामा जोखिन्न
कुकर्म कालो धुन्धुकारीको छोपेर छोपिन्न।३
हिलो र धूलो समयचक्र जानेर जानिन्न
सानो र ठूलो मनुष्य हुन्न कर्ममा जोखिन्न
बाँच्न जो जाने पौरख बल हरेर हरिन्न
थुपार्न खोज्ने हरामी कंस लुकेर जोगिन्न।४
सत्तामा बस्ने लुटेरा चोर गतिलो मानिन्न
सभासद यी हुँडार श्याल कुखुरा जोगिन्न
मलामी उनै पराया घोडा कालले जोगिन्न
लुटेर खायौ अस्मिता देश छोपेर छोपिन्न।५
यो कालापानी त्यो लिपुलेक बेचेर बेचिन्न
फर्काई छाड्छन् देशको माया रोकेर रोकिन्न
काम र क्रोध लोभ छ मोह तुलोमा जोखिन्न
इर्ष्याको खेती बेश्याको नीति छोपेर छोपिन्न।६
०००
नवलपुर
Subscribe
Login
0 Comments
Oldest







































