साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पन्तको निक्षिप्त रक्तवीज उपन्यास कृति विमर्श कार्यक्रम सम्पन्न

तीन चरणमा संचालन गरिएको कार्यक्रमको पहिलो चरणमा आख्यानकार जलेश्वरी श्रेष्ठ ,साहित्यकार रामप्रसाद पन्त, युवराज मैनाली, पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन ।

Nepal Telecom ad

काठमाडाैं, ०८० असोज ७ । साहित्यकार निरन्जन पन्तको निक्षिप्त रक्तवीज कृतिको विमर्श कार्यक्रम संचार केन्द्र नेपालको सभाहलमा काव्य घर नेपालको आयोजनामा सम्पन्न भयो ।

तीन चरणमा संचालन गरिएको कार्यक्रमको पहिलो चरणमा आख्यानकार जलेश्वरी श्रेष्ठ ,साहित्यकार रामप्रसाद पन्त, युवराज मैनाली, पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन संयुक्त रुपमा ब्यानर पढेर गरिएको थियो ।

कार्यक्रममा निक्षिप्त रक्तबीज कृतिको समालोचकीय दृष्टिकोण प्राध्यापक डा. अशोक थापा र ठाकुर शर्मा भण्डारीले राख्नु भएको थियो । कृतिको समालोचकीय धारणा राख्दै समीक्षकद्वयले चालीसको दशकमा प्रकाशित कृतिले यतिबेला आएर परिचर्चा पाउनु स्रष्टा प्रतिको सम्मान पनि भएको र यो एउटा सामाजिक उपन्यासको कृति भएको दावी गर्नु भयो । यो कृति एउटा सबल कृति रहेकाले यो कृतिका विषयबस्तु र पात्रहरु आज पनि उतिकै महत्त्व राख्दछन भन्नू भयो ।

दोस्रो चरणको कार्यक्रममा साहित्यकारहरू युवराज मैनाली, रामप्रसाद पन्त, जलेश्वरी श्रेष्ठले कृतिकार र कृतित्वको प्रशंसा गर्दै युगसम्म यो कृतिले स्थान पाइरहने र कृतिकारको भविष्य सधै जुन झै झलमल्ल रहिरहने तर्क राख्नु भयो ।

तेस्रो चरणको कार्यक्रममा काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको जन्मोत्सव पनि आजै परेको र उक्त अवसरमा आमन्त्रित अतिथिहरूबाट बधाई शुभकामना समेत प्रदान गरिएको थियो ।

इन्दु पन्तले लेखकको परिचय गराउनु भएको कार्यक्रममा साहित्यकार शर्मा ललिता, रत्ना त्रिपाठी, गौरीशंकर गौतम, इन्दिरा ढकाल ,महेश प्रेमी उदास, ईश्वरीप्रसाद भट्टराई, शान्ति सुवेदी, तारा भण्डारी, उत्तमराज त्रिपाठी, सुनिता विक, रोशन खड्का, साकोस अध्यक्ष सरस्वती गौतम लगायत तीन दर्जन स्रष्टाहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

लेखक निरन्जन पन्तले कृतिमा उठेका सवालको समेत जवाफ राख्दै कृति जन्मिनुमा जीवन सँगिनीको भूमिकाको समेत उच्च मूल्याङ्कन गर्दै निरन्तर कृतित्वको कार्यमा लागिरहेको बताउनु भयो ।

काव्य घर नेपालको महासचिव रेणुका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालक काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गर्नु भएको थियो ।

०००

काव्यघर नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x