साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली मञ्चको तेस्रो सुसेली गोष्ठी सम्पन्न

राष्ट्रिय सुसेली मञ्च अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि दुर्गा अधिकारी भमर्कोटेद्वारा भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपानेलाई मादल उपहार दिँदै शुभारम्भ भएको थियाे ।

Nepal Telecom ad

भक्तपुर २०८० आश्विन ६ । शनिबार भक्तपुर सुसेली मञ्चले तेस्रो सुसेली गोष्ठी सम्पन्न गर्‍यो । नेपाल सरकारका सचिव मणिराम गेलाल सभापति रहेको उक्त कार्यक्रम उहाँकै निवास चागुनारायण नगरपालिका वडा नं ३ गेलाल गाउँमा राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमर्कोटे प्रमुख अतिथि रहनुभएको थियोे ।

अतिथिहरू चागुनारायण वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणी ढुङ्गेल, चागुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, समग्र अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष छन्दविज्ञान निरौला, साहित्यकार विनोद दाहाल वत्स, राष्ट्रिय सुसेली मञ्च कि सदस्य सुचिता काफ्ले रहनु भएको थियोे । कविहरू सावित्री गेलाल, बिके माकजू, श्याम माकजू, सालिकराम दाहाल, टिकाराम गेलाल, विश्वनाथ ढुङ्गेल, हरिभजन गेलाल, दधिराम गेलालले आफ्ना सिर्जना वाचन गर्नुभएको थियोे ।

राष्ट्रिय सुसेली मञ्च अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि दुर्गा अधिकारी भमर्कोटेद्वारा भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपानेलाई मादल उपहार दिँदै शुभारम्भ भएको कार्यक्रममा स्थानीयबासी बच्चुराम न्यौपाने, भरत प्रसाद गेलाल, कृष्णमुरारी धिमाल, चन्द्रकुमारी अधिकारी, रामकुमार खड्का, ऋृषिराम गेलाल, छत्रमणी शर्मा, कोमलप्रसाद तिमिल्सिना, बलराम गेलाल, कृष्णहरि गेलाल, दामोदर गेलाल, श्याम गेलाल, अर्जुन गेलाल, पार्वती गेलाल, मिरा गेलाल राजेन्द्र गेलाल लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा चागुनारायण नगरपालिका वडानं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले भाषा साहित्यले समाजमा राम्रो प्रभाव पर्ने उल्लेख गर्दै यो अभियानमा आफ्नो साथ रहने विचार राख्नुभएको थियोे ।

प्रमुख अतिथि दुर्गा अधिकारीले सुसेली र यसको संरचनाका बारेमा प्रकाश पार्दै भक्तपुर सुसेली मञ्चलाई आफ्नो साथ रहिरहने कुरा राख्नुभएको थियोे । भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपानेले कार्यक्रममा उपस्थित अतिथि कविहरू, स्थानीयबासी र कार्यक्रमको तेस्रो शृङ्खला आफ्नै निवासमा सभ्य र भब्य तरिकाले गराउने मणिराम गेलाल र परिवार सबैलाई धन्यवाद दिनुभएको थियोे ।

कार्यक्रमका सभापति मणिराम गेलालले आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफुले सिर्जना गर्न नसके पनि भाषा साहित्य असाध्यै मनपर्ने बताउनुभयो । यसका निम्ति आफूले सकेको सहयोग गर्ने कुरा राख्तै कार्यक्रम समापन गर्नुभएको थियोे । उक्त कार्यक्रम राष्ट्रिय सुसेली तथा भक्तपुर सुसेली मञ्चका सचीव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियोे ।

०००
– डिल्लीप्रसाद मूलतिहुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x