साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति राम्रो हुन्थ्यो !

Nepal Telecom ad

महोदय,
हजूर ठूलो त त्यसै हुनुहुन्छ,
त्यसमाथि असल भइदिए कति राम्रोे हुन्थ्यो !

महोदय,
हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ,
त्यसमाथि विवेकशाली भइदिए कति राम्रोे हुन्थ्यो !

महोदय,
हजूर नायक त त्यसै हुनुहुन्छ,
त्यसमाथि खलनायकहरूको साथ छोडिदिए कति राम्रो हुन्थ्यो !

महोदय,
हजूरलाई मान्नु त त्यसै छदैंछ,
त्यसमाथि सधैं मान्न लायक भइदिए कति राम्रो हुन्थ्यो !

महोदय,
हजूर मानव त त्यसै हुनुहुन्छ
त्यसमाथि महान् भइदिए कति राम्रो हुन्थ्यो !

महोदय,
हजूर आफूलाई देवता त ठान्नुहुन्छ,
त्यसमाथि साच्चै देवताजस्तो भइदिए झनै कति राम्रोे हुन्थ्यो !

बोस्टन, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x