साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन ए ठुलाकान्छा !

Nepal Telecom ad

परार हजुर बुवा आउँदा
भन्नु हुन्थ्यो–
घरहरू उठेकै छन्
पर्खाल पनि फुटेकै छन्
जहिले आयो
सडकपेटी खनेकै छन्
बाटो पनि भैंसी खेल्ने
आहाल बनेकै छन्
काठमान्डू सधै
लाटीले धोती लाको जस्तो
हैन ए, ठुला कान्छा
यो काठमान्डू सहर भएर पनि किन यस्तो ?

पोहर काका आउँदा
भन्नु हुन्थ्यो–
पोलमा तार लत्केकै छन्
पुल पुलेसा भत्केकै छन्
जाममा गाडी अट्केकै छन्
धुलोमा मान्छे फट्केकै छन्
ऐतिहासिक सहर भएर पनि
दूर गाउँको बाख्री गोठ जस्तो
हैन ए ठुला कान्छा
राजधानी भएर पनि किन यस्तो ?

बर्षामा आमा आउँदा
भन्नु हुन्थ्यो–
ओ हो पानी पर्दा त सडक
टनकपुरको डुबान जस्तो
धारोमा पनि पानी भन्दा
हावाको तुफान कस्तो
मन्त्री प्रधानमन्त्री बस्ने गाउँ पनि
बस्तुभाउको भकारो जस्तो
हैन ए ठुलाकान्छा !
विदेसी आउने सहर पनि किन यस्तो ?

अस्ति बडाबा आउँदा
भन्नु हुन्थ्यो–
सिंहदरबार हेर्यो उस्तै छ
राजदरबार हेर्यो दुरूस्तै छ
सहर पनि रातमा
गाउँघरमा लालटिन टुकी बाल्या जस्तो
बाटो पनि लागुटीमा टालो हाल्या जस्तो
हैं ए ठुला कान्छा
ठुलो सहर भएर पनि किन यस्तो ?

सहरमा महंगीले मान्छे कति भोका छन्
गाउँमा किसान भाउ नपाई रोका छन्
बजार पनि
दुई चार ब्यापारीको मुट्ठीमा भए जस्तो नभएको
नुन देखे सुनसम्म केही पनि छैन सस्तो
देशमा सरकार जस्तो
हैन ए ठुला कान्छा
सरकार बस्ने सहर पनि किन यस्तो ।

दाङ, हाल :काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x