साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विराटनगरवासीलाई धुलाम्मे चिठ्ठी

Nepal Telecom ad

प्रिय बिराटनगर उपमहानगरबासीहरू,
हामी काठमाडौं महानगरवासीहरूको धुलाम्मे सम्झना !

तिमीहरूलाई सन्चो नभएको खबर हामीले सुन्यौं । दिसा मिसिएको सरकारी खाने पानी सेवन गर्नाले झाडापखाला, जण्डिस, हेपाटाइटिस इत्यादिको महामारीले दर्जनौं नगरवासीहरूको देहान्त भएको र हजारौंलाई हैजाले थला पारेको सुनियो । सरकारलाई गाली गरेको पनि सुनियो । खोकी लाग्दा, पातलो दिसा लाग्दा, बस्ने ठाउँमा पिलो निस्कँदा, जे हुँदा पनि सरकारलाई नै दोष लगाउने हाम्रो बानी । दिसाका किटाणु मिसिएको पानी आफू पिउने अनि सरकारलाई दोष लगाउने, यो कुरा मिल्छ ? खानेपानीमा सरकारले किटाणु हालेको हो र सरकारलाई दोष लगाउनु ! बरु गल्ती त तिमीहरूको पो हो ।

सरकारले जनतालाई माया गरेर उपलव्ध गराउने पानीमा दिसा, दूधमा किरा, पेट्रोलमा पानी, मलमा ढुङ्गा, चामलमा ढुँडी, औषधीमा ढुसी पहिलेदेखि नै पाइने गरेकै हो । तिमीहरूले नै सावधान हुनुपथ्र्यो । सरकारले त्यस्ता वस्तु उपलव्ध गराएर चुप लागेर बसेको पनि छैन, विभिन्न सूचना जारी गरेर जनतालाई सचेत पनि गराउँदै आएको छ ।

दुघ्ध विकास संस्थानले वितरण गरेको दूध १० मिनेट उमालेर पिउनू, खाद्य संस्थानले बेचेको चामल ३० सिटी लगाएर मात्रै खानू भनेर सरकारले सूचना जारी गरेकै हो । अझ खानेपानी संस्थानले बाँडेको खानेपानी २० मिनेटसम्म उमालेर चोक्टाचोक्टा फ्याँँक्नू र झोलझोल खानू भनेर पनि भनेकै हो । सरकारले जारी गरेको सूचनालाई बेवास्ता गर्ने, अनि अहिले रुवाबासी गर्ने ?

तिमी बिराटनगरीयाहरूले उपमहानगरवासी भएर हामी महानगरवासीको सिको गर्न खोज्दा पनि यस्तो भएको हो । हामी पो उहिल्यैदेखि त्यस्ता नाथे कोलिफर्म सोलिफर्म पचाएर पखालाप्रुफ भएका छौं त । खानेपानीका धारामा बाइचान्स केही तरल पदार्थ झर्यो भने हामीलाई थाहा भइहाल्छ, आज धारामा ढलको लेदो झर्यो । कम्तिमा केही त झर्यो भनेर हामी मख्ख पर्छौं र लेदो सेदोलाई साइड लगाएर गाग्रा र बाल्टी भरिहाल्छौं । सङ्लो पानी झर्यो भने हामी थाप्दैनौ, किनभने हामीलाई त्यस्तो पानी फाब्दैन, छेरपाटे लाग्छ । त्यस्तो लेदे पानी सधैं खान्छौं तर पनि तिमीहरू जस्तो हेपाटाइसिस सेपाटाइसिस भएर सरकारी खस्पतालतिर लस्कर लागेर खस्न जाँदैनौं ।

ढल र खानेपानीको लसपसको कुरा मात्र होइन, धुलो र धुवाँको कुरा पनि सुन ! हामी महानगरवासीहरू बिहान उठेदेखि राति सुतुन्जेलमा प्रतिव्यक्ति औषत एक पाउका दरले फोक्सोमा धुलो भर्छौं । प्रतिव्यक्ति आधा केजीका दरले नाक, कान, आँखा र शरिरमा धुलै टाँस्छौं । सासै फेर्न हिरिक्क हुनेगरी धुवाँ निल्छौं, कपडा र शरीरमा पनि धुवैं दल्छौं । खङ्ल्याङ् र खुङ्लुङ् खोक्दै हिँड्छौं तर तिमीहरूको जस्तो मरिहाल्दैनौं, सरकारको बदनाम गरिहाल्दैनौं ।

हामी मजाले पचाउँछौं धुलाम्मे सडक किनारामा बेच्न राखेको बासी मोमो, महिनौंदेखि अल्या गरिएको तेलमा पकाएका चप, डोनट र कुहिएका माछा । सडेका सागसब्जी घुसाएर तारेका समोसा । हुँदाहुँदा जुत्तामोजाबाट बनाएका लोकल मदिरा पनि हामीले त पचाई दियौं पो ।

हे विराटनगरबासी ! आफ्नो नगरलाई महानगर बनाउला कि भनेको जाबो ढल मिसिएको पानी पनि पचाउन सकेनौ । नाथे हैजा लागेरै थला पर्यौ र सरकारको अन्तरराष्ट्रिय बेइज्जत गर्यौ । होश गर, आफ्नो पाचन शक्तिलाई बलियो बनाऊ । सरकारको इज्जत राख । सरकारी पानी पिएर अबदेखि थला नपर । हामी महानगरबासीबाट केही सिक ।

सिनामङ्गल, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x