साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शव-आसन

Nepal Telecom ad

कतै दशगजा हरायो र कालापानी मिचियो
विरोधमा आक्रोशको समाचार छापियो
कविले तातो “क्रान्तिकारी” कविता दन्कायो
कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो
समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ !
दशगजा र कालापानी हेर्न कोहि गएन …
भ्रष्ट नेता सत्तामा आयो र संबिधान ठहरै भयो:
“अश्लिल” कोटीमा दरिएर छापामा /आस्थामा नेताको अस्तित्व सकियो
चित्रकारले क्यानभासमा र मुर्तिकारले ढुंगामा आवेग पोख्यो
“गणतान्त्रिक” / लोकतान्त्रिक” कविताको बम पड्क्यो
छापा र कविता बिस्फोटनमा “म” खरानी भैसकेको थिएँ….
देश/संबिधान निर्माता कोहि आएन ….
जुन बेला नालापानी देखेर अंग्रेजले र्याल काढ्यो :
के लेख्ने के फलाक्ने ? लेखकको सायद “बुद्धि” थिएन ;
कवितामा “नाल”, “पानी” वा विरंग … केहि पनि थिएन ;
गीत, चित्र, मूर्ति, …कलाहरुमा “फर्मालिटी ” थिएन;
मुर्ख “म” बैरीको तोपसँग ढुंगा-मुढा गर्दै ‘जीवन’ खेलिरहेको थिएँ ….
नालापानी जोगाउन महिला आए, पुरुष आए
अर्थात् मानिस आए !
कुनै बेला अंशुवर्माले
छोरी भृकुटी दिएर ”आक्रामक” भोटबाट देश जोगाएको इतिहास सुनेको थिएँ
सबै घरको चुल्होमा आगो नबलेसम्म भात नखाने शासकको कथा सुनेको थिएँ
“देश ४ जात ३६ वर्णको साझा फूलबारी” भन्ने पराक्रमीको जीवनी सुनेको थिएँ …
आज-
नियुक्ति बुझ्न
“हाम्रा” सिल्ली नेता दिल्ली दौडिरहन्छन्
“रिमोट-कन्ट्रोल सिग्नल” मा चलिरहन्छन्
देश भन्दा ‘सत्ता’ सुन्छन्
संबिधान भन्दा ‘भत्ता’ सुन्छन् …
देश आर्यघाटमा “सास फेरिरहेछ”
विचरा “दुख्ने कवि” कविता लेखिरहेछ
“सर्वज्ञाता” पत्रकार समाचार छापिरहेछ
तिमि जस्तै “म” पनि भित्रभित्रै जलिरहेछु
परिभाषामा सकिएँ हुँला ‘म’ पनि इतिहासमा छु
माटो उचाल्न भनेर कोहि आएन, कोहि गएन !
समयको कालखण्डमा
देश खोज्न कोहि आए भने
संग्राहलय लगेर दशगजा देखाई दिनू
कालापानीको आँशु अनि नालापानिको रगत देखाई दिनू
र भन्नु :
“हामी शव-आसनमा छौं
‘डिस्टर्ब’ नगर !”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x