साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम

Nepal Telecom ad

देश जनताको नाम हो
जनता सङ्घर्षको नाम हो
सङ्घर्ष बलिदानको नाम हो
बलिदान मुक्तिको नाम हो
मुक्ति देशको नाम हो
तिमी जुनसुकै नाम चुन
जनता, सङ्घर्ष, बलिदान वा मुक्ति
सबै प्रेमको नाम हो
प्रेम अर्थात् देशको नाम हो
देश अर्थात् समानताको नाम हो
समानता अर्थात् प्रगतिको नाम हो
प्रगति अर्थात् न्यायको नाम हो
न्याय अर्थात् देशको नाम हो
तिमी जुनसुकै नाम चुन
प्रेम, समानता, प्रगति वा न्याय
सबै स्नेहको नाम हो
स्नेह अर्थात् देशको नाम हो
देश अर्थात् जनताको नाम हो
जनता अर्थात् सङ्घर्षको नाम हो
सङ्घर्ष अर्थात् बलिदानको नाम हो
बलिदान अर्थात् मुक्तिको नाम हो
मुक्ति अर्थात् देशको नाम हो
देश अर्थात् चेतनाको नाम हो
चेतना अर्थात् एकताको नाम हो
एकता अर्थात् अठोटको नाम हो
अठोट अर्थात् युद्धको नाम हो
युद्ध अर्थात् देशको नाम हो
तिमी जुनसुकै नाम चुन
चेतना, एकता, अठोट वा युद्ध
सबै जीवनको नाम हो
जीवन अर्थात् देशको नाम हो
देश अर्थात् शोषित्–पीडित जनताहरूका
पक्षमा लड्ने वीर योद्धाको नाम हो
योद्धा अर्थात् अधिकांश देशवासीहरूलाई प्यारो लाग्ने
एउटा साहसी बन्दुकको नाम हो
बन्दुक अर्थात् त्यसको नालमा सिउरिएको
एउटा रातो गुलाबको फूलको नाम हो
रातो गुलाबको फूल अर्थात् देशको नाम हो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x