साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै दिन्छ अर्ती सुन !

Nepal Telecom ad

गोर्खाली भनिँदा फुरुक्क भइयो बेचेर अस्तित्व नै
अर्काकै भरथेग मात्र गरियो दानी बनेरै सधैं
हाम्रो देश अरे धनी प्रकृतिमा यो बुद्ध प्यारो भूमि
भोका गोरु लिई लठैतहरूले दाइरहन्छन् घुमी ।

खेतीवाल भए नि देश जनता भोकै छ छातीभरि
पानीमा कहलिन्छ विश्वभरमै प्यासै छ घाँटीभरि
अग्लो माथ भए नि गर्नु अब के होच्याइँदाछन् मन
नाङ्गो आङ लिएर हिँड्छ दुनियाँ कल्पेर पापी मन ।

द्यौता छन् अनगिन्ति भक्त बनियो पर्खेर औँला गनी
रोजै मन्दिरमा पूजा गरिरह्यौँ क्यै हुन्न गर्दा पनि
यस्तो लाग्छ मलाई आज किन हो भन्द्यौन बुझ्नेहरू
भत्काई छरपष्ट पारूँ अब यी बेअर्थ देवलहरू ।

हाम्रा कानुनले सबै हकहरू हाम्रै त खुम्च्याउँछन्
साँढेकै अधिकार प्रष्ट बुझियो त्यल्लाई उल्क्याउँछन्
जो हो नायक भ्रष्ट दुष्ट मतिको त्यै दिन्छ अर्ती सुन
कैलेसम्म सुनेर बस्नु मनमा ए देशबासी गुन ।

कमलाकुञ्ज, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x