साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिपाठ :: होम सुवेदी

Nepal Telecom ad

(वेदपाठको शैलीमा पढ्नु पर्ने)

हरि ही ओम
देशै गयो भेसै गयो
सबैतिर भाँडभैलो भयो
राम्रो होला भन्ने केही आसै रहेन
अब फटाहाहरूको भरै भएन ।
यो देशमा हामी जनतालाई
बाउन्न सालदेखि यताहा
सुखशान्तिसँग बस्नै दिएन गरिखानै दिएन ।
परी चरीका लागि एउटा पार्टीेले
सती नगई भएन ।
ओम स्वाहा…….

ओम छेउ शान्ति भित्तो शान्ति
डाँडाहरू शान्ति,
मुन्द्रे शान्ति छुचुन्द्रे शान्ति
मालपोते शान्ति, कर शान्ति
आन्तरिक राजश्व सबै शान्ति
क्रान्तिबाट उब्जेका फटाहाहरू पनि शान्ति
क्रान्तिबाट चन्दामा उठाएको द्रव्यले
पाँचतले भवन बनाउनेहरू
सबै अबलाई शान्ति
चन्डमुन्डहरू हन्ड भुजदन्ड पर चन्न सबै शान्ति
महिषासुर शान्ति शान्ति रेधि ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x