फित्काैली डटकमआधुनिक बुहारी :: सागर बस्नेत
दाइजोमा पाएको झर्केथाल बेचेर छोरो पढाएकी हरिमाया गाउँकै क्याम्पसमा छोरोले जागिर पाएपछि औधि खुसी भएकी थिइन् बिस वर्ष उमेरमै बिधुवा भएर पनि दुनियाँ र समाजसँग लडेर बाँचेकी उनलाई आफ्नै एक्ली बुहारीले ठुलो चिन्तामा पारिदिईन् ।
बुढेसकालमा छोरोको कमाइ र बुहारीको काम खाउँला भनेर मक्ख पर्दै छोरोको बिहे उसैले मन पराएकी केटीसँग धुमधामले गरिदिएकी थिइन् तर बुहारी आधा दिनमा ब्युँझेर ओछयानमै चिया खोज्ने खालकी परिन् । सधंैजसो बजार जानुपर्ने र विलासितामा पैसा खर्चने बानी थियो बुहारीको घरको काम त पटक्कै नजान्ने र सिक्न पनि नखोज्ने छोरोले पनि मायाले कि डरले कहिल्यै खै गर्दैनथ्यो, शहरमा सुक्खले हुर्केकी केटी बिस्तारै सिक्छे भन्थ्यो । कसो गदिर्रैछे ज्ञान जान्दछे कि जान्दिन भनेर बिचार गर्न शनिबारको दिन हरिमाया बिहानैदेखि अटेर गरेर सुतिराखिन् । तल भान्छामा थाल, बटुका बजेको सुनिदैथियो अब बुहारी बुझ्ने भईछे, खान बोलाउँदा मात्रै जान्छु भन्दै बसेकी थिइन् । एकछिनमा छोरो आएर ‘आमा सन्चो भएन ?’ भनेर सोध्यो ।
‘हैन त्यसै अल्छी लागेर सुतेकी ?’ भन्दै उठिन् ।
‘हिड्नोस खाना खान जाउँ, तपाइँले पकाएको खाएर म यत्रो भएँ आज मैले पकाएको चाख्नोस् ।’ हातमा समातेर उठाउँदै छोराले भन्यो ।
हरिमाया एकदमै निराश भएर भनिन्– ‘बाबु किन बुहारी केहि काममा मन गर्दिन ? यतिका दिन भइसक्यो म बुढी सकिनसकी गर्छु तर ऊ भने कति ढुक्क कि….., दुख पाउने भईस् बाबु ?’
एकछिन गम खाएर छोरो बोल्यो– ‘हिँड्नोस, गएर खाना खाउँ अनि तपाइँ भाँडाकुडा बोकेर कलतिर लैजानोस् म चैं आमा तपाइँ बुढीमान्छे अझ बिरामी सक्नुहुन्न, म माझ्छु भन्छु, तपाइँ चैं छोड बाबु त्यत्रो पढेको, त्यै माथि छोरोमान्छे भएर के धन्दा गर्छस् ? यतिका दिन त सकेँ अब किन सक्दिन भन्नोस् । यति भनेपछि त शरमले पनि खै तपाईहरू बस्नोस् म माझ्छु भनिहाल्छे नि ?’
आशावादी भएर बुहारीलाई पनि बोलाएर खाना खाए, बुहारी भँगेराले धान टिपेजस्तो गाँस टिपेर बरन्डामा ऐना हेर्दै बसी, यता आमाछोराको रेडिमेड तानातान मन्चन भयो ।
निकैबेरको घम्साघम्सी पछी बुहारी बरण्डाबाटै बोलिन्– ‘तपाइँहरू किन बेकाममा झगडा गर्नुभएको ? अहिले एकजनाले माझ्नोस् भरे अर्कोले । यति सजिलै हुने कुरामा किन हल्ला गर्नु ?’
Subscribe
Login
0 Comments
Oldest





































