साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कुर्सी ताक्ने… ?

Nepal Telecom ad

“बाबु ! तिमी ठूलो भएपछि के बन्ने ?” मायालु स्वरमा ईश्वरले सानो बच्चालाई सोधे ।
“अङ्कल ! म त डाक्टर बन्ने !”
… “अनि तिमी नि ?”
“म त इन्जिनियर बन्ने !”
“तिमी ?”
“म त फिल्मको हिरोइन बन्ने !”
“तिमी चाहिँ ?”
“म त ब्यापारी बनी धेरै पैसा कमाएर चक्लेट खाने !”
“तिमी नि बाबु ?”
“म त बूढो भएर हजुरबुवा बन्ने !”
“तिमी के बन्ने नि ?”
“म मन्त्री भएर ठूलो घर बनाउने, पजेरोमा घुम्ने !”
ईश्वरलाई बच्चाहरूसँग कुराकानी गर्दा खुब रमाइलो लाग्यो !
“बाबु ! तिमी के बन्ने नि ?” उनले अर्को बच्चासँग सोधे !
“म इश्वर बन्ने !” उसले सहजै जवाफ दियो !
“हँ !” ईश्वरलाई पैतालादेखि झनक्क रिस उठ्यो !
“मेरो कुर्सी ताक्ने तेरो यत्रो हिम्मत ?” – बच्चालाई दुई चड्कन लगाएर ईश्वर त्यहाँबाट टाप कसे !

‘ईश्वरका कथा’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x