सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढोकाको खापा

Nepal Telecom ad

ढोकाका यी खापामा
घाम जून
र नागदेवता बनेका छन् ।
एउटा विश्वास र सुरक्षा
कोरिएका छन् यी माथि ।
यिनलाई हेरेर हामीलाई
बाको सम्झना आउँछ ।

दाइले जब यिनलाई
फेर्ने कुरा गर्नु हुन्छ
आमा तसिर्नु हुन्छ
र थुप्रै थुप्रै रात, बाबा
उनको सपनामा आउँछन् ।
यी पुराना हुन्
तर कमजोर होइनन् ।
यिनको गतिमा
एक प्रकारको शक्ति छ ।

यी जब खुल्छन्
एक सम्पूर्ण संसार
हामीतिर खुल्छ ।
जब यी हुने छैनन्
घर
घर रहने छैन ।

यी केवल ढोकाका खापा होइनन्
जब यी हल्लिन्छन्
आमा कहालिनु हुन्छ
र सचेत आँखाले
हेर्नुहुन्छ– के भयो ?

मोटो साङ्लोको
चार कडीमा
एक सारा उमेर र स्मृतिहरू
बाँधिएका छन् ।

जब साङ्लो बज्छ
धेरै थोक बज्छन् घरमा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’