साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढोकाको खापा

Nepal Telecom ad

ढोकाका यी खापामा
घाम जून
र नागदेवता बनेका छन् ।
एउटा विश्वास र सुरक्षा
कोरिएका छन् यी माथि ।
यिनलाई हेरेर हामीलाई
बाको सम्झना आउँछ ।

दाइले जब यिनलाई
फेर्ने कुरा गर्नु हुन्छ
आमा तसिर्नु हुन्छ
र थुप्रै थुप्रै रात, बाबा
उनको सपनामा आउँछन् ।
यी पुराना हुन्
तर कमजोर होइनन् ।
यिनको गतिमा
एक प्रकारको शक्ति छ ।

यी जब खुल्छन्
एक सम्पूर्ण संसार
हामीतिर खुल्छ ।
जब यी हुने छैनन्
घर
घर रहने छैन ।

यी केवल ढोकाका खापा होइनन्
जब यी हल्लिन्छन्
आमा कहालिनु हुन्छ
र सचेत आँखाले
हेर्नुहुन्छ– के भयो ?

मोटो साङ्लोको
चार कडीमा
एक सारा उमेर र स्मृतिहरू
बाँधिएका छन् ।

जब साङ्लो बज्छ
धेरै थोक बज्छन् घरमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x