साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘घिमिरेका खण्डकाव्यमा अलङकार’ कृति विमोचन

Nepal Telecom ad

काठमाडौंमा दायित्व वाङमय प्रतिष्ठानको आयोजना तथा राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा डा. लेखप्रसाद निरौलाद्वारा लिखित ‘माधव घिमिरेका खण्डकाव्यमा अलङकार’ कृतिको विमोचन सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि घिमिरेले आफ्नै खण्डकाव्यहरूमा केन्द्रित भएर लेखिएको प्रस्तुत कृति आफ्नै हातबाट विमोचन गर्न पाउँदा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्नुभयो ।

प्रमुख वक्ताको रुपमा प्रा.डा. वासुदेव त्रिपाठीले अलङ्कारमा केन्द्रित भएर लेखिएको उक्त कृति नेपाली साहित्य जगतको अत्यन्त उत्कृष्ट र सङ्ग्रहणीय कृति भएको मन्तव्य पेश गर्नुभयो भने अर्का वक्ता प्रा.डा. हेमाङ्गराज अधिकारीले पनि सो कृतिमाथि सङ्क्षिप्त टिप्पणी गर्नुभयो ।

दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा छन्छकवि देवी नेपाल, सहप्रा. भागवत ढकाल, यादव भट्टराई र कृति प्रकाशकको तर्फबाट टिपी धमलाले पनि बोल्नुभएको थियो ।

स्रोत : रामप्रसाद पन्त

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x