साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनै त हो…

Nepal Telecom ad

‘यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ ।’ कुरो सही रहेछ भन्ने कुरा मलाई सय प्रतिशतै थाहा भयो । आखिर मान्छे परेर नै चेतखाँदो रहेछ, पढेर भन्दा । बेला चाहियोस् न ठाउँ चाहियोस् बहकिन पाए जहाँ पनि जतिखेर पनि
बहकिने । काठमाडौंको रमझम रमाइलो वातावरण, जताततै स्वच्छ सुन्दर हराभराले पनि नअल्मलिने मन । सतप्रतिशत स्वतन्त्रता प्राप्त, जताततै फाल्ने र जतासुकैबाट टिप्न मिल्ने स्वतन्त्रता हुँदा नि चित्त नबुझाउने मन । सडक मानव स्वास्थ्य मैत्री भएकाले महिनौँदेखि रुघाखोकीले नछोडी बस्या हुनु पर्छ धेरैलाई मलाई झैं । यति हुँदा पनि नथाक्ने रहेछ मन ।

यस्तै वातावरणमा दिन दिनै कुदेकोले सम्भवत आउने ओलम्पिकमा म्याराथुन दौडमा भाग लिन निवेदन दिन पनि बेर नमान्ला यो मन । सडकमा माईक्रोले छेवैमा आएर प्वाँ प्वाँ पार्दासम्म नआत्तिने मन अगाडि सानो बिरालो देख्यो भने
त्यसै तर्सन्छ, खै कस्तो हो यो मन । मनै त हो । जताततै बहकिन सक्छ । तर्सिन तर्साउन पनि सक्छ । महिनौदेखि ठमेल गल्कोपाखाको ओरालोको दायाँ पसल अगाडि पेटीमा उभिएर मुस्कान सहित मायालु नजरले हेर्ने मस्त यौवनाले स्वाट्ट तानेको यो मन ।

जहिले नि त्यहाँ पुग्यो कि एक नजर नहेरी अघि बढ्नै नमान्ने यो मन । मेसेन्जरमा उनको आईडी पाए स्वाट्ट मेसेज पठाउँथे भन्थ्यो मसँग यो मन । एकदिन ओरालैमा सडकजाम भएकोले उनैको छेउतिर लागेर उभिएको थिएँ, उनी त मलाई देखेर मुस्कुराएकी त हैन रहिछन् । उनलाई त मुस्कुराउन लगाइएको पो रहेछ, यसैले ‘जता मल्खु त्यतै ढल्कूँ’ भन्ने उखान चरितार्थ गर्न तल्लिन छ यो मन, राम्रा जति सबै मेरो भन्ने स्वार्थी पनि छ मन । बलेको आगो ताप्ने, मिठोको जरा पनि नराखौ तितो औषधी नै भए पनि नछोउँ भन्ने मन । कुनैबेला बिना हिट नै उम्लने त कहिले जति ताप दिए पनि नतातिने मन । बाह्र वर्ष सिममा गाडेको मुढा जस्तो हुने कुनै बेला, कुनैबेला धुलिया लागेको काठ जस्तो यो मन । मनै त हो बहकिन सक्छ ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x