साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त बलिदान हुँ

Nepal Telecom ad

फेरि एकपल्ट सहिरहेछु
घृणाका तीखा वाणहरूलाई
जो, प्रतिक्षण मेरो छातीमा रोपिँदै छन्
सायद गाण्डीव धनुबाट वृष्टि भएका
वाणहरूभन्दा
ती सयौं गुना तीखा छन्
ती हजारौं गुना तीखा छन्
दिग्दिगान्तबाट ओइरिएका वाणहरूद्वारा
म पीडित छु
र, आफन्तहरूका आक्रमणद्वारा
म लज्जित छु
आह ! यी शिखण्डी हो !
प्रहार गर म भीष्मलाई
मेरो नमस्कार छ
मेरो साधुवाद छ
मेरो अवस्था–बलिदानको अवस्था
मलाई नरम ओछ्यान हैन शरशैय्या देऊ
र, सक्छौ भने पाताल गङ्गाको पानी देऊ
म त बलिदान हुँ
म त बलिदान हुँ
तिमीलाई जित उपहार दिएको छु
धेरै वर्षपछि फेरि एकपल्ट
दिल खोलेर हाँसेको छु !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x