साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरुप समय

सक्छौ भने समाप्त पार शक्तिका यस्ता नृशंस खेलहरु यदि सक्तैनौँ भने कि त बन्द गरिदेउ आमाका धड्कनहरु वा सिलाई देउ आमाका पाठेघरहरु ! सिलाई देउ आमाका पाठेघरहरू !

Nepal Telecom ad

उषा शेरचन :

बिन्ती नदेखाउ भो
हेर्न सक्तिन म
यस्ता हृदयविदारक तस्बिरहरु
जसले आमाको कोमल हृदयलाई
पगाल्छ मात्रै
बिन्ती नसुनाउ भो
सुन्न सक्तिन म
यस्ता मानवताहीन खबरहरु
जसले आमाको कोमल हृदयलाई
चुँडाल्छ मात्रै
रगत र मासुले नभइ
ढुङ्गा र माटोले बनेको
ओ ! नरभक्षीहरु
सोच र विवेकले नभइ
फलामले बनेको
ओ! संवेदनहीन रोर्बटहरु
नबर्षाउ त्यसरी आगोका बर्षाहरु
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरु
कलिला फूलहरु माथि
कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने
ओ ! पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परिक्षा ?
आमाका कोखहरूका खिल्ली उडाउने
ओ! दानवहरु
कति घोट्छौँ यसरी मानवताको गला ?
आमा हुनुको अनन्त
पीडा पनि कति खप्नु अब ?
मानव हुनुको असीमित
लज्जाबोध पनि कति गर्नु अब?
बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा
बरु सन्तान जन्माउनै अस्विकार गर्छु म
यो निष्ठुरी समयमा
अनि नारी बिनाको यो संसारमा
चाहे राज गर वा राजनीति
चाहे सत्ता खोस वा सिमाना
ओ ! कुरुप समय
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रुर गतिविधिहरु
ओ! कुरुप समय
सक्छौ भने
समाप्त पार शक्तिका
यस्ता नृशंस खेलहरु
यदि
सक्तैनौँ भने
कि त बन्द गरिदेउ
आमाका धड्कनहरु
वा
सिलाई देउ
आमाका पाठेघरहरु !
सिलाई देउ
आमाका पाठेघरहरू !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x