सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुरुप समय

सक्छौ भने समाप्त पार शक्तिका यस्ता नृशंस खेलहरु यदि सक्तैनौँ भने कि त बन्द गरिदेउ आमाका धड्कनहरु वा सिलाई देउ आमाका पाठेघरहरु ! सिलाई देउ आमाका पाठेघरहरू !

Nepal Telecom ad

उषा शेरचन :

बिन्ती नदेखाउ भो
हेर्न सक्तिन म
यस्ता हृदयविदारक तस्बिरहरु
जसले आमाको कोमल हृदयलाई
पगाल्छ मात्रै
बिन्ती नसुनाउ भो
सुन्न सक्तिन म
यस्ता मानवताहीन खबरहरु
जसले आमाको कोमल हृदयलाई
चुँडाल्छ मात्रै
रगत र मासुले नभइ
ढुङ्गा र माटोले बनेको
ओ ! नरभक्षीहरु
सोच र विवेकले नभइ
फलामले बनेको
ओ! संवेदनहीन रोर्बटहरु
नबर्षाउ त्यसरी आगोका बर्षाहरु
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरु
कलिला फूलहरु माथि
कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने
ओ ! पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परिक्षा ?
आमाका कोखहरूका खिल्ली उडाउने
ओ! दानवहरु
कति घोट्छौँ यसरी मानवताको गला ?
आमा हुनुको अनन्त
पीडा पनि कति खप्नु अब ?
मानव हुनुको असीमित
लज्जाबोध पनि कति गर्नु अब?
बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा
बरु सन्तान जन्माउनै अस्विकार गर्छु म
यो निष्ठुरी समयमा
अनि नारी बिनाको यो संसारमा
चाहे राज गर वा राजनीति
चाहे सत्ता खोस वा सिमाना
ओ ! कुरुप समय
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रुर गतिविधिहरु
ओ! कुरुप समय
सक्छौ भने
समाप्त पार शक्तिका
यस्ता नृशंस खेलहरु
यदि
सक्तैनौँ भने
कि त बन्द गरिदेउ
आमाका धड्कनहरु
वा
सिलाई देउ
आमाका पाठेघरहरु !
सिलाई देउ
आमाका पाठेघरहरू !

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’