साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बृहत हाइकु वाचन’ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मधुसूदन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया र प्राज्ञ मन्जु काँचुली विशेष अतिथि रहनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौ , ०८० असोज २७ । काव्य घर नेपालको आयोजनामा बृहत हाइकु बाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

काव्य घर नेपाल मिडिया प्रा.लि को साहित्य विभाग पेरोल काव्य घर नेपालको आयोजनामा काठमाडौंमा ‘बृहत हाइकु बाचन’ तथा दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मधुसूदन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया र प्राज्ञ मन्जु काँचुली विशेष अतिथि रहनु भएको थियो ।

हाइकुका अनुसन्धानदाता बी.के पाल्पालीको हाइकु बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा नेपाली हाइकु इतिहासमा बिशेष योगदान पुर्‍याएका स्रष्टाहरुको समेत चर्चा परिचर्चा गरिएको थियो । हाइकु आयातित रहेपनि नेपालीहरुको मन मस्तिष्कमा जरा गाडेर बसेको प्राज्ञ मधुसूदन गिरीले बताउनु भयो । नेपाली हाइकुमा नेपाली बिम्बहरु झल्किनु पर्ने तर्क राख्नु भयो ।

काव्य घर नेपालको साहित्य बिभाग प्रमुख रेणुका भट्टराईको सञ्चालन रहेकोे कार्यक्रममा हाइजिन दिल पौडेल , भुवन शिवाकोटी ,कमला घिमिरेले नेपाली हाइकुको महत्त्व र अस्तित्वलाई जोड दिदै हाइकु लेखनमा सक्रिय रहेको बताउनु भयो ।

हाइजिन अन्जना पौडेलले स्वागत रहेको कार्यक्रममा राममणी ढुङ्गेल,राजन न्यौपाने ,मन्जु काँचुली,चन्द्रकला शाह, गोपालप्रसाद थपलिया, रश्मि रिमाल, दिलकुमारी डङ्गोल, शर्मा ललिता, शान्ति सुवेदी, बैरागी जेठाले हाइकु बाचन गर्दै नेपाली हाइकु लेखन त्यति सजिलो र सहज नरहे पनि नेपाली साहित्यमा हाइकुको स्थान महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले सभातिको आसनबाट बोल्दै अबका हाइकुले नेपाली संस्कार संकृतिको पक्षमा बोल्नुपर्ने र यश किसिमको कार्यक्रम हाइकु विशेष यो सालकै सम्भवतः पहिलो हो र सबै बिधालाई यसैगरी सबै बिधालाइ न्याय गर्दै लगिने बताउनु भयो ।

कार्यक्रममा देश विदेशबाट पठाउनु भएका हाइकु पनि बाचन गरिएको थियो । अमेरिकाबाट पुष्कर लोहनी, वेदकुमारी न्यापाने, मलेसियाबाट वाइ के युवराजका हाइकुहरु बाचन गरिएको थियो ।

०००
काव्यघर नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x