साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोका बनाइ देऊ

Nepal Telecom ad

(दशैं विशेष २०७१)

कोही आउँछन्
कति मोटो छ भन्दै
पेटमा सुमसुमाउँछन्
कोही आउँछन्
ह्याकुलो छाम्दै
ढ्याकुलो थुमथुमाउँछन्
यी मान्छेहरू
मान्छे हुन् कि अरु केही
सानोमा हामीलाई
खुब माया गरी गरी पाल्छन्
ठूलो भएपछि
के पैसोको लागि फाल्छन््
के काटकुट पारी
आफ्नै भुँडीभित्र हाल्छन््
परार मेरा बालाई
यही आगनमा गद्रक्क पारी छिनाइयो
पोहर मेरो दाइलाई
यही आँगनमा भागबन्डा लाइयो
अस्ती मेरै साथीलाई
यही ठाउँमा छिनालेर
भोजभतेर गरी खाइयो ।

मलाई यी मान्छेहरूको
भुँडीमा पसेर
बमगोला भइ पड्कूँ पड्कूँ लाग्छ
घाँटीमा बसेर
हाड भई अड््कूँ अड््कूँ लाग्छ
बाको बादला लिन
कहिले घरबेटी बाको घुँडामा हान्छु
ठूलालाई सकिन भने
सानालाई नै भए पनि छान्छु
कोही भोज आयो भोज आयो भन्छन्
कोही मेरै अगाडि आएर
दशैं आयो भन्छन्
एक दिन झोँक चल्यो
घरपेटी आमैको नातिको
टाउकै फुटाई दिएँ
घरमा आएको पाहुनाको
टुटुल्कै उठाई दिएँ ।

फर्सी खाए पनि हुने नि
लौकै खाए पनि हुने नि
मासु नै खाने हो भने
घोडै खानु नि
गधै खानु नि
छानी छानी हामीलाई नै किन खाने नि
भोजको नाममा पनि हामीलाई लडाउँछन्
कालीको नाममा पनि हामीलाई चडाउँछन्
के खान्थिन कालीले
सबैले आफ्नै भुँडी ढडाउँछन्
हे काली
यी मान्छेलाई अझै
दैत्यभन्दा पनि भोका बनाइ देऊ
जसले जसले खान्छ मेरो मासु
ती सबलाई
अर्को जुनिमा बोका बनाइ देऊ ।

दाङ, हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x