साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैं भो दशा

Nepal Telecom ad

(दशैं विशेष २०७१)

यो दशैं भो दशा खर्चले दामले
के गरी टार्दछन् बोझ यो आमले
ज्यान धेरै गयो खोर रित्तो भयो
गोठ खाली भयो भग्न भित्तो भयो ।

खाइयो बेसरी नाचियो गाइयो
पेट रोगी भयो लाभ यो पाइयो
लोक जोगी हुने रीत यो चाड यो
कण्ठमै अड्किने दुष्ट यो हाड यो ।

खास यो मेल हो प्रीतको खेल हो
बासमा फकिर्ने जेट हो रेल हो
ती बचेरा सबै माउको काखमा
आउने गाउने बाउको काखमा ।

दूर भो जिन्दगी कर्मयोगी बनी
देस रित्तो भयो क्यानडा जर्मनी
कोइ जापानमा कोइ खाडी हरे !
लौ न पुस्ता नयाँ फूल जस्तै झरे ।

टाढिए पाखुरा छाडिए फाँट यी
खेत बाँझै भयो दुर्बलै आँट यी
जून घामै गए कृष्ण रामै गए
को रह्यो देशमा ? हेर आमै गए !

चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x