साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परदेशीको दशैं

Nepal Telecom ad

(दशैं विशेष २०७१)

न दशैं मान्नको टण्टा न लुगा किन्नको पिर
छोराछोरी सँगै छैनन् सुन्नु पर्दैन कर्कर ।

जता गयो उतै खायो जता पायो उतै सुत्यो
हाहा हूहू ग¥यो नाच्यो यता खायो उता चुठ्यो ।

डिउटी मात्र चिन्ता छ बिउटी ता कहाँ कहाँ
न “सुन्नुहोस्” सुन्नु पर्छ न सुन्नु छ “चिहाँ चिहाँ” ।

खट्यो खट्यो भो कमाइ बल्ल केही गुदी जुट्यो
छुट्टी हुन्छ जमे साथी भट्टी वा तासले लुट्यो ।

यस पाला छैन छुट्टी भनेर घरमा भन्यो
जो भएको झिटी बोकी घुम्न जान कतै हिँड्यो ।

धितो नै गुम्न खोज्दैछ ऋणको ब्याज दोब्रियो
घर फर्कूं भनेदेखि साथीको कान लोप्रियो ।

कमलपोखरी, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x