साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसिएको मुट्ठी हाम्रो हो

Nepal Telecom ad

भाँचिएको पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी जस्ता पातला पूर्व कथाहरू हाम्रा होइनन्
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो ।

मात्र आकाश हाम्रो होइन
यसभित्रका हरिया धरतीहरू
असङ्ख्य ताराहरू
अनि
आँसुमा डुबेका हरेक मुटुहरू
अनेक फराकिला छातीहरू हाम्रा हुन् ।

मात्र भावुकता हाम्रो होइन
कठोर व्यवहारिकता हाम्रो हो
अनि
धुवाँ जस्तो उडेको अस्तित्व हाम्रो होइन
ज्वाला भएर बलिरहेको जिन्दगी हाम्रो हो ।

मात्र खरानी हाम्रो होइन
यसभित्र भएका मसिना झिल्काहरू
हामी भुल्दैनौँ
सल्की रहेका कोइलाहरू, फिलिङ्गाहरू
जल्दोबल्दो ज्वालाहरू हाम्रा हुन्
अनि फक्री रहेका फूलका राता किरणहरू
हिउँद वर्षामा रुझेका कलिला मुनाहरू हाम्रा हुन् ।

भाँचिएको पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी जस्ता पातला पूर्व कथाहरू हाम्रा होइनन्
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो ।

‘पञ्चामृत’ (साहित्यिक मासिक) कार्तिक–मार्ग,अङ्क– ११–१२ (२०२६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
औसत मान्छे

औसत मान्छे

सरण राई
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x