साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नपुङ्शक काठमाडौं

Nepal Telecom ad

रात्रीबसमा खाँदी खाँदी ल्याउँछ
खसीबोका झैं
गाउँ गाउँबाट युवाहरू
अनि छाडिदिन्छ
यो आरसिसि जंगलमा,
चर्ने क्रममा खसीबोका जुधेझैं
तिनै युवाहरू जुधेको रमिता हेर्छ
जिब्रो पड्काइ पड्काइ
धरहराको टुप्पोबाट
नपुङशक काठमाडौं ।

रत्नपार्कका तीखा स्तनका
चिसा दरिद्र सुस्केराहरू
सुन्दासुन्दा आजीत
एकथान टुँडिखेल
हरेक विकृत स्खलन
उत्तानो परेर सहिरहन्छ,
र पनि चुपचाप रमिते छ
नपुङशक काठमाडौं ।

कुर्सीका मूर्धन्य महायोद्धाहरू
कुनै चटकेको चमत्कारझैं
रातारात
चप्पलबाट प्राडोमा पुग्दासमेत
थपडी पिटेर खुल्लामञ्च मार्फत
अनुमोदन गरिरहेकै छ
नपुङ्शक काठमाडौं ।

सबै प्रजातन्त्र र तानातानको
सबै गणतन्त्र र हानाहानको
भण्डारखाल पर्व बिचमा
निसासिएका
पेटमा पटुकी कसेका
श्रमिकहरू हूल बाँधेर
मरूभूमितिर उड्दा समेत
समयको घडीभित्र
घण्टाघरको अक्करमा झुण्डिएर
प्रत्यक घण्टा
मृत्युको सूचना दिइरहन्छ
नपुङ्शक काठमाडौं ।

हो,
यो नपुङ्शक काठमाडौं ।

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x