साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतै सागर कतै नाली

Nepal Telecom ad

कोही कोही मलाई मार्न काली बनि निस्केका छन्
कोही भने बचाउन माली बनि निस्केका छन् ।

जिन्दगीमा मैले धेरै यस्ता मित्र भेटेको छु
सियो बनि मनमा पसी फाली बनि निस्केका छन् ।

हिजोसम्म समाजमा हामीले मान्ने मान्छेहरू
इमान बेची इज्जत बेची जाली बनि निस्केका छन् ।

देश बेच्न तयार हुने हाम्रा महान नेताहरू
सधैं सधैं सभाबाट ताली बनि निस्केका छन् ।

बम्बईमा पुर्याइएका बिचरा ती हाम्रा चेली
कतै सागर कतै भने नाली बनि निस्केका छन् ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
0
Would love your thoughts, please comment.x
()
x