साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
जो जो बन्छन नायक सुनाइदिनु होला
जस्तो पर्छ पायक सुनाइदिनु होला
दम्भ भने गठबन्धनको काम गर्नु छैन
सरकार भयो नालायक सुनाइदिनु होला ।

२.
सोध्न सक्थ्यौ दुख्यो कि त ? प्रहार गरेपछि
सोध्यौ बल्ल असिमित प्रहार गरेपछि
मुटु दिँदा बदलामा माया मागें मैले
तिमी भयौ झन हर्षित प्रहार गरेपछि ।

३.
पानी मुनि ओभानो त बन्दै बनिंदैन
उम्ले पछि पोखिने हो नत्र पोखिंदैन
बाघको खोल ओढेकाले यत्ति बुझिराख्नु
सुपो ठटाउँदैमा हात्ती कहिल्यै तर्सिंदैन ।

४.
नजिक बनिदिन्छन र प्रहार गर्छन्
आफ्नै भनिदिन्छन र प्रहार गर्छन्
हिंडेको छ पाइला शिखर त्यो चुम्न
खाडल खनिदिन्छन र प्रहार गर्छन् ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x