साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावपछि

किन धक्धक् धड्किरहेछ मुटु किन तिरमिराउँदै छ- गुलावी चस्मा र, हल्लिदै छ- मतपेटिका त्यही मतपेटिकाभित्र कसरी सल्बलाउँदै छन् मतपत्र ?

Nepal Telecom ad

भो, शान्त रहनूस्
चुनावपछि
बन्न थाल्नेछन्- सपनाका त्रिकोण
र, उड्न थाल्नेछन्- भुइँका सडक
तिनै त्रिकोण पहिरिएर गलामा
चुम्नेछु- मंगलग्रहको आकाश
जहाँ फुलेका हुनेछन्- उन्यूका फूल ।

हो, प्रतीक्षा गर्नूस्
चुनावपछि
बल्न थाल्नेछन्- आँखामा दियो
र, गुड्न थाल्नेछन्- घरका बैठक
तिनै दियोमा थपेर बर्तन
रच्नेछु- आफ्नै धर्ती र आकाश
जहाँ फल्नेछन्- पलाँसका बुटामा अनारका दाना ।

हो, कल्पन्थेँ
चुनावअघि
इन्द्रेणी रहरहरू थिए जीवनमा
रहरमै फुलेको थियो- ढकमक्क सयपत्री
फूलका पत्रमा लुकेझैँ लाग्थ्यो जवानी
जोडघटाउका तिनै पत्र केलाउँदै बिताएँ दैनिकी
र, आफैंले गरेँ- आफ्नै जितको भविष्यवाणी ।

चुनावअघि
फेरिए तन्ना, सोफा र झ्यालका पर्दा
फेरियो शील र घरको रौनक
चुलिए आकांक्षाका उन्नत हिमाल
सिलाएँ दौरासुरुवाल र मिल्दो कोट
आफैँले तयार पारेँ सपथ र प्रेस नोट ।

अहिले क्लान्त छु
मलाई विजयी घोषणा गर्नुअघि
के गर्दै छन्- ती मानिसहरू
किन धक्धक् धड्किरहेछ मुटु
किन तिरमिराउँदै छ- गुलावी चस्मा
र, हल्लिदै छ- मतपेटिका
त्यही मतपेटिकाभित्र
कसरी सल्बलाउँदै छन् मतपत्र ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x