साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओम् वासुदेवाय नमोनमः

कुन कुमतिले उल्क्याएर यत्नो खति गर्‍यौ ? तुरुन्तं सोच र पुरस्कारको घोषणालाई ख्याल ख्यालमा गरिएको कौवा कथन हो भनिदेऊ !

Nepal Telecom ad

‘सञ्चै’ छ ?’ एकाबिहान टुप्लुक आइपुगेका जुङ्गेकाजीलाई मैले भने- ‘सुनाऊ न त ताजा हालखवर !’

‘हालखवर’ सुनाउने सिद्धिइ हाले । सञ्चो विसञ्चोको खबर ’चिठ्ठी चपेटा’ बाट चलिहाल्छ । भट हुदा त ’बाह्र मज्जा’ का कुरा पो गर्नु पर्छ । प्रहको सञ्चो विसञ्चो सोध्ने चलन त ’इतिथी’ भइसक्यो । उहाँ तीन शहर नेपालाँ त झन्- श्राफूकहा कोही पाहुना पायो भने पनि ’ल तपाई’ एकछिन बस्दै गर्नास है, म खाना खाएर आाउेंँछु’ भन्ने चलन चलिसक्या छ रे ।’

‘ल ल भैगो- ख्याल ख्यालमा गैगो, उल्लीबिल्ली नपार’ मैले थपें ।

‘ए आशावादी अर्जेल ! तिमी त ‘गलबन्दी’ भिर्ने मान्छे ! थाहा पायौ होला नि ‘काकाका कुरा’ । उनले त हाँस्नेलाई हैन हँसाउनेलाई हैरान पार्ने हरकत शुरू गरेछन् नि ! सदैमरी जुठो परेको अनुहार लिएर हिड्ने तिम्रा सगोत्रीदेखि ठूटो फक्रिएको अनुहारका पिंडालु बाजेसम्म सबले शुभकामना दिइसकेछन्, बढिया भो ।’

‘आ, के को बढिया, हाँस्नेलाई हैरान पार्ने कुरा पो दिएको ! हँसाउनेलाई हैरान पार्नु कुन ठूलो काम भो त ? आखिर तिमीहामी जस्ता हातमुख जोर्न हम्मे पर्ने हन्तकालेहरूलाई हुने केही होइन । सबैतिर मपाईंवाद मल्किएको जुगमा रुनेको समस्या भन्दा हाँस्ने हर्षमा त सबका सब रमाउँछन् ।’ मैले आफ्नो मनको बह र विचार सँगसँगै पोखें ।

‘जे भए पनि नि ! जिन्दगी झुण्डाउने जन्तर भनेकं जदौ गर्नु हो, त्यसैले, कुनै न कुनै तरिकाले हामी पनि जदौ गरौं !’ जुङ्गकाजीले जिरह गरे- ‘लौ सोचिराख्नु है, म दमाहा दाइकहाँ पुगि आउँछु’ भनेर हिंडें ।

उनी त हिँडे तर मेरा मनको जिरह भने हिंडेन । आखिर सोचीराख्नु भनेर न हिंडेका छन् । अहिले आउलान् र सोध्लान् ! के भन्न बडो झञ्झटिलो काम आइलाग्यो भन्ने सोच्दै मनमनैं गुन्न थालें- आखिर हाम्रा पुर्खाहरूले पनि परोपकारः पुण्याय पापाय परपीडनम्’ भन्थे । अर्थात् अरूलाई हँसाउनु नै धर्म हो । त्यसैले होला हाम्रा एउटा फाईफुट्टीराजले श्राफू सिद्धिए पनि बाँच्नेलाई हँसाइ राहत भएभरको जेथा हँसाउनेहरूका निम्ति सुम्पिन खोजेको । तर मान्छे त्यसै हाँस्दैन । हाँस्नका निम्ति पहिला खानुपर्छ अथवा भनौं भरपेट खान पाउनुपर्छ । पेटभरी नखाई बच्चा बच्ची पनि हाँस्दैनन्, बूढाबूढी पनि हाँस्दैनन् । बाँच्न र हाँस्न चाहिने पहिलो कुरा खान्की हो । शायद यस्तै सोचेर होला कौवा बाजेले पनि सबभन्दा पहिला हँसन्तेहरूका हातमा ‘कुराउनी’ बाँड्ने विचार गरेको ।

मान्छे किन जन्मन्छ ? खान । जन्मेदेखि मर्ने बेलासम्म मूल काम नै खानु हो । हल्ला गर्नु र खानु मान्छेका दुई मुख्य उसको विशेषता भने हुन्छ । आउँदा कंकला शब्दले हल्ला गर्नु र आमाको दूध खान जाँदा ‘श्रोम् वासुदेवाय नमो नमः’ भन्नु र पानी खानु- दुवै उस्तै उस्तै कुरा हुन् । दुवै अर्थहीन हल्ला झोल पिउँदै मच्चाइन्छ । शुरू-शुरूमा हल्ला गरेर खाने बानी भए पनि मान्छेलाई समाजले चूप चाप खाने नियम सिकाउँछ । ‘खानु गुप्त मनुं प्रगट्ट- भन्दै आचार संहिता घोकाइन्छ । अनि त मान्छेले लुकी लुकी खान थाली हाल्छ । कर्मचारीले घुस लुकेर नै खान्छन्, मन्त्रीहरूले कमिशन लुकाएरै तान्छन्, ठूला ठूला उपहार खाने मान्छेहरू पनि सवथोक लुकाएर खान्छन् । शायद उनीहरू रीत पुर्‍याएर खान्छन् । आजको जमानामा हल्ला गरेर खाने त कौवा मात्रै बाँकी छ क्यार !

फेरि रीत पुर्‍याएर खाने काम ज्यादै ठूलो समस्या पनि हो । शुरू शुरूमा रीत पुर्‍याएर झोल खाने मान्छे कहिलेकाहीं रीत पुर्‍याउन नजान्दा नोल खाने पनि भयो । भात खाने र बात खाने, हात खाने र लात खाने मात्र नभै कोही-कोही त थानकोटे बाहुनको जात समेत खाने भए । मान्छेको खाने कला अचम्मैसँग विकास भयो । होटल-बोत्तल, सत्तल – पित्तल, नुन-सुन, अण्डा-डण्डा, डोजर क्रेसर, मोटर-जहाज, योजना-बजेट, नासो-हाँसो के खाएन मान्छेले ? सबथोक खायो । रीत पुर्‍याएर खानेले पचायो, रीत पुर्‍याउन नजान्नेले पचाएन । त्यसो हुँदा हाम्रो समाजले रीत पुर्‍याउने चलनलाई निकै महत्त्व दिन्छ । अड्डा अदालतमा रीत पुर्‍याउने कुरादेखि ठट्टा-मजाकमा रीत पुयाउनेसम्मका भाँति-भाँतिका कुराहरू यसभित्र पर्दछन् । बिहेको कुरामा रीत पुर्‍याउन तोङ्वा तान्न र हान हसुर्ने कुरा होस् अथवा राजनीति र साहित्यका वादहीन विवादका कुरामा होस् रीत पुर्‍याउनु ज्यादा जरूरी हुन्छ । अरूका तर्क सुन्ने र मान्ने कुरामा पनि पहिलो शर्त रीत पुगेको हुनु पर्दछ । रीत-भाँत नपुगी कुनै कुरा हुँदैनन् । तर रीत-भाँतका सबै कुराहरू नियम कानुनमा हुँदैनन् । बेनियमका कुरामा पनि रीत पुग्याएर काम गर्ने कला हाम्रा ठूला बडा नेताहरूसँग छ, अरू सर्वसाधारणसँग छैन । त्यसैले कोट लाउन होस् वा खाट लाउन, भोट पाउन होस् वा नोट पाउन अथवा स्याऊ गाले साइलीसँग ओठ मिलाउन पनि रीत नपुर्‍याई सुखै छैन । ज्यूँदो मान्छेका आँखामा छारो हाल्न अथवा मरेका मान्छेलाई घारो हाल्न पनि रीत पुगेन भने काम बन्दैन । भूतको भिनाजुले रित पुर्‍याए वा पुर्‍याएनन् त्यो भने थाहा छैन ।

समाजमा जता पनि ठिक्क पार्न सक्नु रित पुर्‍याउने कलाको देखल-विधि रहेछ । त्यसो भएर नै हाम्रा प्रधानमन्त्रीजीले पनि मजदूरहरूको कार्यक्रममा- ‘म मजदूर नै हुँ’ भन्दछन् र पत्रकारहरूको कार्यक्रममा- ‘म पनि पहिले पत्रकार थिएँ’ भन्ने गर्दछन् । यदि अमेरिकामा झैं समलिंगीहरूले सभा गर्ने र त्यसमा उनलाई पाहुना बनाउँथे भने त्यस बखत उनले- ‘म पनि समलिंगी न हुँ’ मन्ये वा भन्दैनथे ठूलो जिज्ञासाको विषय भएको छ । पञ्चहरूले उनलाई पहिले नै बोलाएर प्रमुख अतिथि बनाएको भए- पञ्चै भई दिने अथवा चोरहरूले जेलमा एउटा सभा राखेर डाकेमा- ‘म पनि चोर हुँ’ भन्दै कैदी भइदिन्थे वा भइदिदैनथे यो पनि जिज्ञासाको विषय मात्र बनेको छ । तर रित पुर्‍याउने कुरा राकुपाले भने झैं- काम चलाऊ कुरा मात्र हो । यदि लौरीपिञ्जर मान्छेलाई एक टन च्यूरा उचालेपछि मात्रै खान दिने रीत बाँध्ने हो भने उसको गति के हुँदो हो ? त्यसो हुँदा काम गर्ने मान्छेले रित पुर्‍याउने चलन पर्खेर बस्दैनन् ।

मलाई भने हँसाउनेलाई हैरान पार्ने काम भन्दा हाँस्नेलाई हैरान पार्ने काम मन पर्छ । मैले पहिले भास्के साहूलाई हँसाउँथे । धेरै धेरै काम बिनादाम गरिदिंदा ऊ खुशी हुन्थ्यो र हाँस्थ्यो । तर पछि मैले काम गरेपछि दाम चाहिन्छ, नाम न जस खरानी घसको तरीकाले सबै व्यवहार चल्दैन भनेपछि ऊ मुर्मुरियो र मलाई हैरान काम गयो । त्यहीँदेखि मैले हँसाउनेलाई माया गर्न थालें र हाँस्नेहरूलाई हपार्न थालेँ । एकदिन हाँस्ने जतिलाई मास्नै पर्छ भन्ने माग गर्दै जुलुस निकालें । अनि त मेरा उपर सब खनिए, लाठीमुङ्ग्री गरे । एउटा खुट्टा भाँचेर पिज्जरामा थुनिदिए । यो घटना सम्झदा अहिले पनि मन रुन्छ । त्यसो हुँदा म हँसाउनेहरूलाई हैरान पार्ने कुरालाई समर्थन गर्न सक्दिन ।

‘ए के सोच्यौ त ?’ यस्तैमा जुङ्गेकाजी फर्किए । ‘के सोच्नु नि ! तिमी हिंडिहाल्यौ, म गोठधन्दामा भिडें ।’ मैले उत्तर दिएँ ।

‘हेर आशावादी ! हँसाउनेलाई हैरान पार्ने हरकत हर हमेशा उस्तै हुँदैन । सब कुराहरू परिवर्तनशील छन् । त्यसैले यो त बिर्सेकालाई सम्झिने, मरेकालाई बचाउने र बसेकालाई नचाउने उद्देश्यमा पो आएको छ रे । तिमीहामी जस्ताको कल्याणमा केन्द्रित छ रे ! अगुल्टो खाएको मान्छे बिजुलीबाट तर्सिन्छ भने झै गर्नु हुँदैन । जुङ्गेकाजीले पुराणै भने ।

‘लौ त्यसो भए तिमी नै लेख शुभकामना । चिम्लेर सही ठोकी दिउँला । तर एउटा कुरा भने लेख्न नभुले नि ! मैले कबुल गराउन थालें । म आँखा ‘के हँ ?’ उनको आँखा सुत्केरी हुन थालेकी श्रीमतीको पोइका झै बने ।.

मैले चकलेट खाएको बाल अनुहारमा भनें- ‘बुढ्यौतीका मान्छेहरू भगवान् भक्त हुन्छन् भजन गर्न रुचाउँछन् । त्यसैले टाउकोमा ओम् वासुदेवाय नमो नमः लेखेर मात्र अरू कुरा शुरू गर्नू ।’

‘’ठीक !’ जुङ्गेकाजी हर्षले उफ्रिए । श्रोम् वासुदेवाय नमो नमः । स्वस्ति श्री मान्छेको मुखमा अन्न पसाल्ने मन्त्र, मान्छेको सुखमा ईश्वर बसाल्ने तन्त्र, तिमीलाई हाम्रो पनि शुभकामना । लाख लाख बन्दना ! बाहुनहरूको कर्म चलेपछि तिम्रो नाम जप्न पनि गणेश पूजा सरहका हे गोबर गणेश ! बाङ्गा बूढा ! आफ्नो जुनिभरको कमाई अर्कालाई थमाई कुन नाकले आफ्नो वंश पालकको अंश खोस्यौ ? यसको रहस्य जान्न हामीलाई ज्यादै रहर छ । शहरमा बसेर गाउँले नाम राख्दै नेपाली भाषामा भजन गर्ने शिवसाँझका भजमने भक्तको यो प्रशक्त कमले अरू भाषाको रक्त पिउने खतरा देखेर दौंतरीहरूले तिम्रो विरोध गर्ने छन् र तिम्रा नाममा बाला चतुर्दशी नपर्खी पशुपतिनाथमा मास छर्ने छन् । विद्याको जागिर हर्ने छन् । कुन कुमतिले उल्क्याएर यत्नो खति गर्‍यौ ? तुरुन्तं सोच र पुरस्कारको घोषणालाई ख्याल ख्यालमा गरिएको कौवा कथन हो भनिदेऊ !

हाम्रो कुल परम्परामा पनि जात खस्दा वा व्रत बस्दा पतिया वा गोदान गरेर चोखिने चलन छ । तिमीले श्फ्नो नून तेलको समस्या भुलेर लुइँटेलको नाम राख्न जो खोज्यौ सो ठूलो भूल भयो । त्यसैले यस्ता मान्छेलाई के शुभकामना दिने ? एक मनले त जयरामको हरियो बाँस पठाइदिउँ झैं झोंक पनि देखायो तर अर्को मनले निकै टिठ मान्यो । चन्द्र शमशेरको चापी चड्काएर मस्ती गर्ने मदन शमशेरको संगत लागेर हो वा कमलमणिको कचकचका विरूद्ध- को भन्दा को कमको रौसमा जागेर हो, जो हुनु भइसक्यो ! त्यसैले बाँसको सट्टा हाँस पठाइदिएका छौं । हाँसलाई हाँस्ने कुराको चीनो सम्झे पनि हुन्छ । सरस्वतीको वाहन भने पनि हुन्छ । आफ्नो इच्छा अनुसार- ‘वासुदेवं गदाच’ फलाक्दै गाँस हाले पनि हुन्छ पछि कुन टीका टिप्पणी गर्ने छैनौं । अहिलेलाई यत्ति, पछि जति चाह्यो त्यत्ति लेखौंला जदौ !

तपाईंको भलो चिताउने- आाशावादी
अर्जेल एवं जुङ्गेकाजी लुइँटेल । बास बिनाको निवासस्थान ।

काठमाडौँ, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x