साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन जान खोजेको ?

मतगणनाको नतिजापछि । “के सत्यलाई तर्कले विस्थापित गर्ने नै हो ?” प्रोफेसरको मनमा कुरा खेल्यो ।

Nepal Telecom ad

दुई मित्रहरू पचास बर्षदेखि आत्मीय, उही गाउँमा, उही स्कूल, उही उही सबै कुरा, सत्यनारायण चौधरी र विवेकनारायण गिरोपाध्याय । हरेक दिन भेटेर अनेक विषयमा गफ गर्थे । सामान्य जानकारी राख्थे हरेक कुराको ।

प्रोफेसर विवेकनारायण उमेरले अलिकता जेठो मात्र होइन, सत्यको गुरु पनि, अझ कुलगुरु । बैकुण्ठनगरका सम्पूणर् महतो र चौधरीहरू प्रोफेसरको चेलाचेली। “मुही चौधरी जे !” थारू भाषामा प्रवचन नै दिने क्षमता छ, विवेकमा। “सर यो चुनावको खास असर के होला ?” सत्यको प्रश्न ।

विवेक बोल्यो, “बबुवा, यो केही पनि होइन । तात्विक अन्तर केही हुन्न । सबै उस्तै भएको कुरा हामीलाई दीर्घकालीन जीवन भोगाइले सिकाएको छ । खास खास पात्रहरूको लागि यो महाभारत हो, नत्र धेरैको लागि रामायण । सत्यसित सत्य कुरा, विकाश भैरहेको छ । यो हुन्छ । हाम्रो गाउँमा भएको छैन र परिवर्तन ?अलि बढी इमानदार आएमा अलि बढी काम हुन्छ । चेला, आमलाई खास सरोकार छैन । स्वाद पाएका, इजी मनीमा बानी परेका, धाक रवाफ जमाउन पर्नेहरूका लागि यो जित्नैपर्ने, नत्र भने, यो केही होइन । जसरी पब्लिक क्याम्पसमा जागिर खाने ९५%लाई संस्थाको खास माया हुन्न, किन कि अन्त पनि जागिर हुन्छ, त्यो गाडी कुर्ने प्लेटफर्म हो, राम्रो अवसर पाए टाप !

त्यसैगरी, फेसबुकमा जति हाय तौवा गरे पनि ९८% आमलाई राजनीतिसित खास सरोकार छैन । कत्ति पनि छैन । आफ्नो आफ्नो भलाइ आफैंले सोच्ने हो । आफ्नो घरको, जिन्दगीको समस्या आफैंले समाधान गर्ने हो । भोल्टेयर सम्झे पुग्छ । सत्य यही हो । बाहिर मुखले जे पनि भन्न सकिन्छ । सम्पूणर् दलहरू नै ट्रेड यूनियन हुन्, अनुभूत तथ्य !

ठिक त्यतिखेर, प … र बाट एक पात्र आएको देखेर सत्यनारायण जान खोज्यो । अलि सक्पकायो । जहिले पनि त्यो तेस्रो पात्र आयो कि सत्य उठेर भाग्ने । विवेकले यो कुरा धेरै दिनदेखि अनुभूत गरिरहेको थियो, सोध्न नसकेको मात्र । कानून पनि पढेको र राजनीतिमा पनि सहभागी हुने,चर्कै बहस गर्ने मात्र होइन, आफ्नै कुरा माथि पार्नुपर्ने एक हठी पात्र “तर्कनारायण हल्लुडो” हो,त्यो पात्र । किन जान खोजेको ? किन सत्य ? त्यो हल्लुडो आएपछि तिमी जहिले पनि टाप ! मुख कुल्ला गरेर हिड्ने ! किन यार ? किन ? त्यो तर्के देखेर किन तर्किएको ?”

“गुरुदेव, जब तर्कको उपस्थिति हुन्छ, तब सत्य गायब हुन्छ भनेर पढाउनुभएको होइन ? सुतर्क गरे पो, कुतर्कको पहाड बनाउने, यति झूट तर्क गर्छ, फेरि उसैले जित्नुपर्छ । उसले नजिते प्रलय आउनेजस्तो । मलाई त्यो मान्छेको मुख पनि हेर्न मन लाग्दैन ।” तर्क आयो, सत्य गयो । अबको वार्ता विवेकनारायण र तर्कनारायणको बीचमा, गफ के के भयो ? मतगणनाको नतिजापछि । “के सत्यलाई तर्कले विस्थापित गर्ने नै हो ?” प्रोफेसरको मनमा कुरा खेल्यो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x