साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिलोचोटि !

बाह्र वर्षपछि आज म छब्बीस वर्षको भएको छु ! यतिखेर सम्झिरहेको छु- रुखको उदास छहारीमुनि बन्दुकको सिरानी हालेर सुतेका जीवनका अँध्यारा रातहरू !

Nepal Telecom ad

चौध वर्षको उमेरमा
मैले पहिलोचोटि थाहा पाएँ
बन्दुकको सौन्दर्य !

र गाउँको गरिब स्कुलबाट
पहिलोचोटि
सपना खोज्दै भागेँ म
एउटा उन्मुक्त जङ्गलतिर !

बोक्सीकाँडाको कुरूप झाङभित्र
पहिलोचोटि
फ्याँकिदिएँ किताबको झोला !

र हातको निरीह कलम भाँचेर
पहिलोचोटि
समातें बन्दुक !

पहिलोचोटि
मेरै उमेरकी युवती कमरेडको
हातमा हात ठोकिँदा
महसुस गरेँ-
करेन्टको तीव्र झट्का !

र पहिलोचोटि
मैले देखेँ-
उसको छातीमा चलमलाइरहेको
सेतो सर्प !
पहिलोचोटि
मेरो हातमा मुस्कुरायो बन्दुक
र दबाएँ जीवनको ट्रिगर !

पहिलोचोटि
मेरो हातबाट छुट्यो गोली
र सुनेँ एउटा सुमधुर सङ्गीत !

पहिलोचोटि
शिरमा गोली लाग्दा
घाँसको भारी बोकेर
उकालो चढिरहेको
मेरै उमेरको दुश्मन
एउटा निरीह चरोजस्तै
गीत गाउँँदै जमिनमा ढल्यो !

र पहिलोचोटि भिजेँ म
रगतको सङ्गीतमा !

पहिलोचोटि
जङ्गली फूलहरूमा
चम्किरहेको देखेँ-
मान्छेको रगत !

र मैले पहिलोचोटि
त्यही रगतले पखालेँ
हातका औंलामा लागेका
मसीका नीला दागहरू !

मेरा पुराना दुश्मनहरू
पहिलोचोटि डराए मसँग !
मलाई बारम्बार प्रश्न सोधेर
सताइरहने
स्कुलका मास्टरहरू पनि
पहिलोचोटि
हात जोडेर रोए मसँग !

पहिलोचोटि
दुश्मनको गोली लागेर
आफ्नै अगाडि ढले
असङ्ख्य सहयोद्धा कमरेडहरू !

पहिलोचोटि
दुश्मनको घेरामा परेर
छटपटाइरहेका
घाइते छापामार साथीहरूलाई
डोकामा बोकेर भगाउन नसक्ता
उनीहरूको शिर काटेर
रुँदै भागेँ म !

बाह्र वर्षसम्म
रगतको नदीमा
निरन्तर बगिरह्यो समय !
बाह्र वर्षसम्म
लासको टाकुरामा
निरन्तर अस्ताइरह्यो सूर्य !

र पहिलोचोटि समाप्त भयो
एउटा कुरूप
र निरङ्कुश अन्धकार !

बाह्र वर्षपछि
आज म
छब्बीस वर्षको भएको छु !

यतिखेर सम्झिरहेको छु-
रुखको उदास छहारीमुनि
बन्दुकको सिरानी हालेर सुतेका
जीवनका अँध्यारा रातहरू !

म सम्झिरहेको छु-
निस्पट्ट अँध्यारो रातमा जन्मिएका
असङ्ख्य रक्तिम सपनाहरू !

र मलाई आज
पहिलोचोटि
डर लागिरहेको छ-
मेरो जीवनका बाँकी वर्षहरूमा
अब के के हुने हो
पहिलोचोटि ?

(२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x