साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र मरेको देख्दा

Nepal Telecom ad

आस फैलिएको हृदय
घोषित युद्ध लड्न चाहन्छ
चमत्कार देखाउनु छ
मेसिनगनहरूले झैं
कविताहरू
वर्षाउँदै
कलियुग सिद्धिएको घोषणा गर्दै

शंखुको खुल्ला फाँट हुँदै
नवबुद्ध उक्लिएर
भकुण्डे झरिरहेछु
संघर्षका फूलहरू लिएर
हाम्रो युद्ध निभ्ने छैन
भन्दै
खुल्ला आकाशमा उडिरहेछु
लाग्छ
हाम्रा कविताहरूले
पृथ्वीमा चराझैं
आकाश खसालिरहेछ
कसैले शान्ति भन्ला
मेरो हृदयले मान्दैन
युद्धको आकर्षणले
मलाई तानिरहेछ
खुल्ला फाँटमा झुलेका धानका बालाहरू
मान्छेका औँलाझैं उठिरहेका थिए
युद्धको बास्ना छरेर
ढक्ढक्याउँला गरिरहेको लोकतन्त्र
मरेको देख्दा
काउकुति लागेर पानी झर्छ
शंखुको फाँटमा
हाम्रो व्यारेक कामीडाँडा
गुनगुन गर्छ
जुनकीरीसँगै
मेरा यात्राहरूमा
जिन्दगीको फूल फुलिरहनेछ
युद्धका आयुहरू
हाम्रा कविता पढेर
वर्गसंघर्षका कुरा गरिरहेछन्
यता
हाम्रो नायक आत्महत्या गर्न अघि सरिरहेछ
संवाद गर्न छोडेर
भकुण्डेको मुलगेटबाटै भाग्छ
भकुण्डेमा ठिङग उभिन सक्दैन
गन्धेझैं गनाएर ऊ
युद्धबाट भागिरहेछ
हाम्रा कविताहरू
उसलाई बोलाइरहेछ
ऊ सुन्न तयार छैन

कविता लिएर
रोशीको किनारै किनार
कामीडाँडा उक्लिरहेछु
हाम्रो मालिक
पर… पर भागिरहेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x